दमौली खबर संवाददाता
म्याग्दे, मंसिर २२ । तनहुँको म्याग्दे गाउँपालिकाले बिहीबार छ महिनाको कार्यसम्पादन प्रतिवेदन सार्वजानिक गरेको छ ।
पालिकाले पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको हो । पत्रकार सम्मेलनमा अध्यक्ष तथा उपाध्यक्षँग जनता कार्यक्रम अन्तर्गत पहिलो चरण अन्तर्गत एकिकृत घुम्ति शिविर अन्तर्गत पहिलो चरण असोज २ देखि १४ गते र दोस्रो चरणमा असोज ३० गते देखि कात्तिक ४ गते सम्म सञ्चालन गरी पालिका वासीलाई घरदैलोमा नै सेवा प्रदा गरिएको, दुध पालक कृषकलाई १० हजार अनुदान दिईएको, सबै वडा कार्यालयहरुको आफ्नो भवन निर्माण गरेको, ३२ वटा लिफ्टीङ खानेपानीको लागि विद्युत महसुल भुक्तानी गरिएको, सामुदायिक विद्यालयलाई विद्यालयलाई बस खरीद गर्न ४० प्रतिशत अनुदान कार्यक्रम जस्ता राखिएको प्रगति प्रतिवेदनमा समावेश गरिएको छ । गाउँपालिकाले पुरा गरेको कार्यको बारेमा अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिर र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनु भएको थियो ।
चालु आर्थिक वर्षमा चालु खर्च कटौती गर्नुका साथै पुँजीगत खर्चमा वृद्धि गर्नको लागि भ्रमण कार्य स्थगन, तालिम तथा गोष्ठीमा कटौती गरिएको जानकारी पत्रकार सम्मेलनमा दिईएको थियो । सबै वडाहरुमा खानेपानी, सरसफाई, फोहोर मैला व्यवस्थापन गर्ने गरी अगाडी बढेको, स्थानीयलाई भेटनरी जेटिए कार्यक्रम अन्तर्गत अध्यापन गर्न ५० प्रतिशत छात्रवृद्धि अनुदान प्रदान गरिएको जसमा ११ जनालाई प्रतिव्यक्ति २५ हजार प्रदान गरिएको, अध्यक्ष तथा उपाध्यक्षसँग युवा स्वरोजगार कार्यक्रमहरु निरन्तर रुपमा सेवा प्रदान गरिएको, किल्चोक सामुदायिक स्वास्थ्य केन्द्रको भवन निर्माणको लागि ९ आना, २ दुई पैसा १ दाम जग्गा प्राप्त भएको, मानव मैत्री भवन निर्माणको लाग ६ आना जग्गा व्यक्ति मार्फत प्राप्त भएको जानकारी सो अवसरमा दिईएको थियो । यसैगरी राजस्व चुहावट नियन्त्रण तथा दण्ड जरिवाना तर्फ ३४ लाख ४३ हजार ९६१ रुपियाँ राजस्व दाखिला गर्न सफल भएकाmे वेरुजु न्युन हुने तथा वजेट फ्रिज कम हुने गरी कार्य पारम्भ, असाध्य रोगीलाई शुरुमा १० हजार र चालु आर्थिक वर्षमा १५ हजार आर्थिक सहायता प्रदान गरिएको, दिवा खाजाको लागि आवश्यक भाडा खरीद गरि सम्पन्न र वितरण कार्य प्रारम्भ हुँदै गरेको, स्थानीय पाठ्यक्रय निर्माण गरी कक्षा २ को प्रारम्भ भएको जानकारी दिईएको थियो । यस्तै गरी आकस्मित बाली संरक्षण सेवा कार्यक्रम अन्तर्गत ५५ जना कृषकलाई करीव १२० रोपनी क्षेत्रफलको धानमा लागेको किराको नियन्त्रण , जनकदेव प्रजातिको आलु १३ हजार १५० र एमएस प्रजातिको आलु ३ हजार पाँच सय किलो गरी १६ हजार ६५० किलो आलु ५० वितरण गरिएको जानकारी दिईयो । यस्तै भूमि वर्गिकरण तयारी गरी प्रकृयागत चरण सहित १८ प्रकारका कामहरु पुरा भएको पनि जानकारी दिईएको थियो ।