Uncategorizedपत्रपत्रिकाबाट

माल्टामा एक जना नेपालीको कोरोना परिक्षण पोजेटिभ

प्रकाश बगाले, माल्टा
बैशाख १
कोरोना भाइरस (कोभिड(१९) ले विश्व जगतलाई अहिले आतंकित बनाइरहँदा युरोपको माल्टामा पनि एक नेपालीलाई कोरोना कोरोना परिक्षण पोजेटिभ देखिएको हो । बिगत १८ महिना देखि माल्टाको व्याड बोइ क्लिनर्स कम्पनीमा कार्यरत नेपाली गणेश बहादुर खत्रीको
माल्टाको लुका कोरोना परिक्षण केन्द्रमा आफ्नो रगत परिक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको गैर आवसीय नेपाली संघ (एन.आर.एन)
माल्टाका अध्यक्ष राजु अयार्लले जानकारी दिएका छन् । उनका अनुसार कोरोना पोजेटिभ देखिएका खत्री माल्टाको जेतुन क्षेत्रमा बसोवास गदै
आएका थिए । खत्री सामान्य मात्रामा टाउको दुखेकाले स्वास्थ्य परिक्षण गराउन जाँदा कोरोना भाइरस (कोभिड(१९) पोजेटिभ देखिएको हो ।
उनीसंगै हाल १२ जना नेपालीहरु समेत बस्दै आइरहेका छन् । उनीहरु सबैको आजै स्वास्थ्य गरिनेछ । भने उनीसंगै काम गर्ने साथीहरुको समेत पहिचान गदै स्वास्थ्य परिक्षण गरिनुपर्ने हुँदा एन.आर.एन माल्टाका अध्यक्ष अयार्लले सो क्षेत्रमा बसोबास गर्ने र संगै काम गर्ने सम्पुर्ण
साथीहरुले जतिसक्दो छिटो स्वास्थ्य परिक्षण गर्न आग्रह गरेका छन् । साथै माल्टाको विभिन्न कम्पनिहरुका काम गर्ने नेपालीहरुलाई सजक र सर्तक रहन समेत उनले अनुरोध गरेका हुन् । कम्पनीले काममा वोलाउँदा नेपालीहरु कोरोनाको कारण भन्दै नजाने गरेको जानकारी आएको
भन्दै उनले कम्पनीले काममा लगाउँदा आफु सुरक्षित तरिकाले काम गर्न जान समेत अनुरोध गरेका छन् र यदि कोहि कसैले कम्पनीको निमय पालना नगरेर आफुखुशी गर्दा कम्पनीले निकाला गरेमा आफुहरुले केहि गर्न नसकिने समेत उनको भनाइ छ । गैर आवसीय नेपाली संघ (एन.आर.एन) माल्टाले कोरोना भाइरस (कोभिड–१९)को कारण समस्यामा परेका नेपालीहरुलाई समेत राहतको व्यवस्था गरिएको हुँदा समस्यामा परेका नेपालीहरुले एनआरएनको अफिसियल सम्पर्क फेसवुक पेज, इमेल र संघका सदस्यहरुलाई समेत जानकारी गर्न सकिने एनआरएन माल्टाले जनाएको छ । माल्टामा यो समाचार तयार गर्दा सम्म हाल ३ सय ७८ जनामा संक्रमण देखिएको, ४४ जनाको रिकभर भएको र ३ जनाले ज्यान गुमाएका छन् ।

Show More

Related Articles

Back to top button