शुभकामनाआँबुखैरेनीनगरपालिकापत्रपत्रिकाबाट

आँबुखैरेनी सेवा समाजका अध्यक्ष श्रेष्ठद्वारा चैत्र महिनाको सटर भाडा मिनाह

राम धामी

आँबुखैरेनी, चैत्र ३० गते । आँबुखैरेनी सेवा समाजका अध्यक्ष मनोजकुमार श्रेष्ठले एक महिनाको सटर भाडा मिनाह गर्नुभएको छ । नेपाल सरकारको आग्रहलाई मध्यनजर गर्दै आँबुखैरेनी गाउँपालिका वडा नं। ३ स्थित आँबुखैरेनी चोकमा रहेको घरको सटरमा पानी–पुरी, चटपट, जुस पसल व्यावसाय संचालन गर्दै आउनुभएका एक भारतीय नागरिकको चैत्र महिनाको ९ हजार रूपैयाँ सटर भाडा मिनाह गरिदिनुभएको समाजका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

नयाँ बर्ष २०७७ सालको शुभकामना सहित श्रेष्ठले कोरोना भाईरस संक्रमणको उच्च जोखिमका कारण उत्पन्न महामारी र विपत्तीको अवस्थामा सम्पूर्णले आ–आफ्नो स्थानबाट समस्या परेकाहरुलाई सहयोग गर्नुहुन समेत आग्रह गर्नुभएको छ ।

Show More

Related Articles

Back to top button