Uncategorized

अमृताले चढिन् सफासडक सपिङ हंगामाको स्कुटर

दमौली खबर सम्बाददाता
फागुन २६, दमौली । भानु नगरपालिका ७ वसन्तपुरकी हाल व्यास ४ की अमृता थापा सफासडक सपिङ हंगामाको स्कुटर प्राप्त गरेकी छिन् । नेपालहरुको महान चाडपर्वलाई लक्षित गरि सफासडक नमुना टोल व्यवस्थापन समितिले सफासडक सपिङ हङगमा आयोजना गरेको थियो । उक्त सपिङ हंगमाको उपहार सोमबार सार्वजनिक गरिएको थियो ।
सार्वजनिक गर्दा कुपन नं ०५८६० रहेको अमृताले सपिङ हंगमाको प्रथम पुरस्कार यमाहको स्कुटर प्राप्त गरेकी हुन् । त्यस्तै द्धतिृय पुरस्कार ३२ ईन्चको स्मार्ट टि.भि कुपन नं ४६५७० ले प्राप्त गरेको छ । तृतिय पुरस्कार कुपन नं ०४३७५ ले माउन्टेन बाईक प्राप्त गरेको टोल व्यवस्थापन समितिका अध्यक्ष कुमारमोहन श्रेष्ठले जानकारी दिए । त्यस्तै अन्य ७३ जनाले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्। सपिङ हंगमाको उपहारको सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका नगरप्रमुख वेकुण्ठ न्यौपाने रहेका थिए । कार्यक्रमको उद्घाटना गदैले उनले यस्तै कार्यक्रमले व्यवसाय गर्द सहज हुने बताए । उनले टोलले यस्तो कार्यक्रम आयोजना गरेकाले व्यापारीहरुलाई व्यवसाय गर्दा राम्रो व्यापार हुने गरेको बताए । उनले व्यापारी र टोल संस्थाको समितिको राम्रो सम्बन्ध हुनु पर्ने बताए । टोल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा व्यास ३ का वडा नं अध्यक्ष प्रेमकुमार श्रेष्ठ, व्यास ४ का वडा अध्यक्ष विश्वराज न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।

Show More

Related Articles

Back to top button