समाचारUncategorized

मार्शल आर्ट्स हाप्किडो संघको अध्यक्षमा बादल

नेपाल मार्शल आर्ट्स हाप्किडो संघ तनहुँको अध्यक्षमा केहरसिंह आले (बादल) चयन भएका छन् । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ केन्द्रिय अध्यक्ष तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष काली बहादुर घर्तीमगर प्रमुख आतिथ्यतामा विहिबार दमौलीमा मार्शल आटर््स हाप्किडो संघ तनहँु गठन गरिएको हो । संघको उपाध्यक्षमा नरमाया आले मगर र एच.बि मगर, सचिवमा सरोज बस्नेत,कोषाध्यक्षमा बुर बहादुर दराई चयन भएका छन् । त्यस्तै सदस्यहरुम किरण ढकाल, राजेन्द्र घर्ती,अरुण कुमार थापा,कर्ण श्रेष्ठ रहेका छन् । नेपाल मार्शल आट्स हाप्किडो संघ गण्डकी प्रदेशकी उपाध्यक्ष तारामाया थापामगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ समन्वय समिति तनहुँका अध्यक्ष बशुन्धरा घर्ती,मानव अधिकार एलायन्सका केन्द्रिय सदस्य कल्पना पौडेल,नेपाल मगर संघ म्याग्दे गाउँपालिका अध्यक्ष नरमाया आले, हाप्किडो संघ गण्डकी प्रदेश सचिव प्रेम बुढामगर, हाप्किडो संघ गण्डकी प्रदेश सदस्य तथा हाप्किडो राष्ट्रिय खेलाडी कृति गिरिको रहेको थियो ।

Show More

Related Articles

Back to top button