समाचार

भिमादमा थप एक संक्रमितको मुत्यु

कोरोना संक्रमणबाट ज्यान जानेको संख्या तनहँुमा १५ पुगेको छ । मंगलबार भिमाद नगरपालिका वडा ९ का ६३ वर्षीय संक्रमित पुरुषको ज्यान गए सँगै जिल्लामा ज्यान जानेको संख्या १५ पुगेको हो । गत १२ गते कोरोना संक्रमण पुष्टि भई उपचारत रहेका ति पुरुषको निधन भएको हो ।

संक्रमितको संख्या हजार नाघ्यो

तनहँुमा मंगलबार ११ नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार तनहँुको चारपालिकामा ११ संक्रमित थपिएका हुन् । भिमाद नगरपालिकामा ५, बन्दिपूर गाँउपालिकामा ३, व्यास नगरपालिकामा २ र शुक्लागण्डकी नगरपालिकामा एक संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा संक्रमितको संख्या एक हजार दुई पुगेको छ । जसमा ६ सय ८० जना निको भई घर फर्किएका छन् भने तीन सय ८ संक्रमीत उपचाररत रहेका छन् ।

Show More

Related Articles

Back to top button