समाचारUncategorized

भरुवा बन्दुकसहित पक्राउ

जिल्लाको भीमाद नगरपालिका वडा नं २ बन्दीछापबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । भरुवा बन्दुक लिएर हिडिरहेको अवस्थामा सोही वडाको सीमलबोटका ६० वर्षीय टुकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा प्रहरी चौकी किँहुबाट खटिएको प्रहरी टोलीले थापालाई बन्दुक सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको साथबाट प्रहरीले एक नाले भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहँुले जानकारी दिएको छ । थापा बिरुद्ध हातहतियार मुद्दा शीर्षकमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Back to top button