समाचार

बाख्रामा फस्यो चितुवा

दमौली, तनहुँको भानुमा फेरी अर्को चितुवा पासोमा फसेको छ । भानु नगरपालिका–२ स्थित मजुवा ओख्ले सामुदायिक वनमा थापिएको काठको खोरमा विहीबार विहान चितुवा पसेको हो । स्थानिय ७८ वर्षका हरिभक्त ढकालले बनाएको बाख्रासहित थापिएको काठले बनाइएको परम्परागत खोरमा बिहीबार बिहान बाख्रा लिन जाँदा चितुवा फेला परेको हो। बाख्रालाई आक्रमण गर्न खोरभित्र पस्दा चितुवा फसेको डिभिजन वन कार्यालय तनहँुले जनाएको छ । खोरमा परेर चितुवा नियन्त्रणमा आएको र राष्ट्रिय निकुञ्जमा लगेर बुझाईएको सहायक वन अधिकृत सुरेशकुमार भुजेलले बताए । उनका अनुसाार मजुवा ओख्ले सामुदायिक वनमा थापिएको खोरमा चितुवा फसेको यो दोस्रो पटक हो ।

गत वर्ष त्यही खोरमा एउटा चितुवा परेको भुजेलले जानकारी दिए । विहीबार पासोमा परेर नियन्त्रणमा लिईएको एघारौ चितुवा हो । केही दिनअघि मात्रै आँबुखैरेनी गाउँपालिका–२ पौवागाउँमा थापिएको फलामको खोरमा पनि चितुवा परेको थियो । सामुदायिक वनको संयुक्त प्रयासमा जिल्लाको विभिन्न ठाउँमा गरी १८ वटा खोर निर्माण गरी राखेर चितुवाको पासो थापिएको डिभिजन वन कार्यालयले जनाएको छ । ढकालले बनाएको पासोमा ४ वटा चितुवा परी सकेको र प्रोत्साहन गर्नको गत वर्ष १० हजार नगदसहित सम्मान गरिएको भानु नगरपालिका प्रमुख उदयराज गौलीले जानकारी दिनुभयो । पासोमा १० चितुवा परिसकेका छन् । नरभक्षी चितुवाको विगीविगी रोक्न मद्दत पु¥याउन भान नगरपालिका क्षेत्रमा एक साताअघि ट्रापिङ क्यामरा जडान गरिएको छ । प्रभावित वडाका २२ वटा सामुदायिक वनमा ७६ वटा ट्रयापिङ क्यामेरा जडान गरिएको छ । १र१ किलोमिटरको फरकमा क्यामेरा फिट गरिएको फिट गरिएकोे र क्यामेराले र त्यसले जङ्गलमा हिड्ने वन्यजन्तुहरुको दृश्य कैद गर्नेछ । आक्रमणले मान्छेहरु घरबाट बाहिर निस्कन डराउनु पर्ने अवस्था आएपछि चितुवा र चितुवाको आहारा हुने प्रजातिको अनुसन्धान गर्न त्यस्तो ट्रयापिङ क्यामेरा राखिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

यस्तै, जिल्लाको शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा पनि चितुवाको आतंक छ । २०७४ फागुन १ गते पहिलोपटक तनहुँमा भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठलाई चितुवाले सिकार बनायो । त्यसपछि चितुवाले श्रृंखलाबद्ध बालबालिकामाथि आक्रमण गरिरहेको छ । तीन वर्षसम्म पनि आक्रमण रोकिएको छैन । तनहुुँमा हालसम्म १० जनाको चितुवाको आक्रमणबाट ज्यान गएको छ भने ८ जना घाइते भएका छन् ।चितुवाको आक्रमणमा पर्ने सबै डेढ वर्षदेखि १२ वर्षसम्मका बालबालिका हुन् । पिँढीमै आएर चितुवाले बालबालिकालाई सिकार बनाउने क्रम निरन्तर बढेपछि जिल्लावासी आतंकित छन् ।

Show More

Related Articles

Back to top button