बलत्कारका चार अभियुक्तलाई जेल तथ जारिवाना सजाँए
दमौली खबर संवाददाता
तनहुँ, चैत्र २४
तनहुँ जिल्ला अदालतले एक दिन बलत्कारका चार अभियुक्तलाई कैद र जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश कमलराज विष्टको बिहीबारको इजलासले फैसला सुनाएको जिल्ला अदालतका स्रेस्तेदार केशवप्रसाद पौडेललेले जानकारी दिनुभयो ।
पौडेलका अनुसार अभियुक्त आँबुखैरेनी गाउँपालिका–६ बस्ने नारायण भन्ने समबहादुर भुजेल, सोही ठाउँका क्यानम भन्ने चन्द्रबहादुर भुजेल र दुई नाबालकलाई कैद तथा जरिवानाको फैसला सुनाएको छ । नारायण भन्ने समबहादुर भुजेललाई १२ वर्ष कैद र रु दुई लाख जरिवानाको फैसला भएकोे छ । भुजेलबाट मृतकका छोरालाई रु. एक लाख क्षतिपूर्ति भराउने फैसलासमेत भएको छ । त्यस्तै अर्का अभियुक्त क्यानम भन्ने चन्द्रबहादुर भुजेललाई १० वर्ष कैद, एक लाख जरिवाना र ५० हजार क्षतिपूर्ति भराउने फैसला भएको छ ।
निज चन्द्रबहादुर मृतक महिलाका श्रीमान् हुन् । सो घटनामा सङ्लग्न भएका सोही ठाउँका १७–१७ वर्षीय दुई बालकलाई जनही आठ वर्ष कैद फैसला भएको छ । ती दुई बालकलाई १२ वर्षको कैद सजाय भए पनि नाबालक भएकाले एक तिहाई छुट पाएर चार वर्ष कैद मिनाहा भएको हो । समबहादुर भुजेलसहित तीन जनाले २०७८ फागुन २८ गते राति पीडितकै घरमा गई मृतकका पति चन्द्रबहादुरलाई समातेर पालैपालो बलात्कार गरेको आरोप मृतकका छोराले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । मदिरा सेवनबाट लट्ठ भएकी कुमारीलाई आरोपितले पालैपालो बलात्कार गरेको अदालतले पनि ठहर गरेको छ ।
बलात्कार गरेर ती युवा भागेपछि घरभित्र गएका चन्द्रबहादुरले आफ्नै पत्नीले ती युवाहरुलाई बोलाएको आशङ्कामा ओदान अड्याउन राखेको ढुङ्गाले टाउकामा हानी हत्या गरेको अभियोग थियो । मृतकका छोराले २०७८ फागुन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपित चारैजनालाई २०७८ चैत १ गते पक्राउ गरेको थियो । शवको फागुन २९ गते दमौली अस्पतालमा शव परीक्षण भएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले आरोपितविरुद्ध वि.सं.२०७८ चैत २१ गते जिल्ला अदालतमा जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी छुट्टाछुट्टै मुद्दा दर्ता गरेको थियो । आरोपित चारै जना जिल्ला अदालतको आदेशमा चैत २३ गतेदखि पुर्पक्षका लागि थुनामा थिए ।
यसैगरी आँबुखैरेनी गाउँपालिका–५ का रोशन भन्ने मेषबहादुर गुरुङलाई सात वर्ष छ महिना कैद फैसला सुनाएको छ । साथै निजलाई दुई लाख जरिवानाको फैसला भएको स्रेस्तेदार पौडेलले जानकारी दिनुभयो । गुरुङलाई तीन महिना कैद र ३० हजार जरिवानाको फैसला थप भएको छ । त्यस्तै पीडितलाई ५० हजार क्षतिपूर्ति र राहत कोषमा रु ११ हजार दुई सय भराउने फैसला भएको छ । युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा अभियुक्तविरुद्ध वि.सं.२०७८ फागुन २० गते अदालतमा मुद्दा दर्ता भएको पौडेलले जानकारी दिनुभयो ।