समाचार

पृथ्वीराजमार्गमा पहिरो जाँदा बैकल्पिक मार्गको प्रयोग

दमौली खबर संवाददाता

तनहुँ, चैत २४

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा पहिरो खसेपछि बैकल्पिक मार्गबाट यातायात सूचारु गरिएको छ । शुक्रबार बिहान ११ः३० बजे पृथ्वीराजमार्ग सडक विस्तारको क्रममा सडकको करीव ७२ मिटर माथिबाट जमिन चिरा परेकाले बैकल्पिक मार्ग प्रयोग गरि शुक्रबार दिउँसोबाट यातायात सूचारु गरिएको हो ।

जमिन चिरापरेकाले जुनसुकै बेला पनि पहिलो खस्ने भएकोले बैकल्पिक मार्गबाट प्रयोग गर्न लगाईएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अपिलराज बोहोराले जानकारी दिनुभयो । ढुङ्गा माटो झरिरहेकोले मुग्लिन पोखरा सडक योजना पुर्र्वी सडक खण्डसँग समन्वय गरी सबै सवारी साधन तालघरेबाट रानीगाउँ हुदै घासीकुँवा निस्कने भित्री सडक खण्ड प्रयोग गरिएको बोहोराले बताउनुभयो । यसैबीच जिल्ला प्रशासन कार्यालय तनहुँले विज्ञप्ती प्रकाशित गरी बैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ ।

Show More

Related Articles

Back to top button