Uncategorized

बन्दिपुर गाँउपालिकामा लकडाउनको अवज्ञा गरे जरिवाना तिर्नुपर्ने

दमौली खबर संवाददाता
चैत १७ दमौली
कोरोना भाईरसबाट जोगिन जिल्लाका स्थानीय तहले विभिन्न कार्यहरू अगाडि बढाईरहेका छन् । जिल्लाको बन्दिपुर गाउपालिका विपद व्यावस्थापन समितिको शनिबार बसेको बैठकले कोभिड १९ नियन्त्रण रोकथाम एवं नियन्त्रणको लागि विभिन्न आठवटा निर्णय गरेको छ । गाउपालिकाले कोरोना नियन्त्रणका लागि गाउपालिकाका अध्यक्ष पुर्ण्सिह थापाको संयोजकत्वमा कोभिड १९ नियन्त्रण रोकथाम एवं नियन्त्रणको लागि कमाण्ड पोष्ट गठन गरेको छ । उक्त पोष्टमा गापा उपाध्यक्ष, वडा अध्यक्षहरू, कर्मचारीहरू चिकित्सक,प्रहरी, लगायतको टोली रहेको छ ।
त्यस्तै गाउपालिकाले विभिन्न छ स्थानमा क्वारेन्टाइन स्थापना गरेको र बैदेशबाट हालसालै गाउँ आएका व्यक्तिहरूलाई क्वारेन्टाइन स्थापना गरेको जनाएको छ । प्रत्येक क्वारेन्टाइनमा ३र३ बेडको व्यवस्था गरी आवश्यकता अनुसार थप गरिने निर्णय गरिएको गायपालिकाका अध्यक्ष पुर्ण्सिह थापाले जानकारी दिनुभयो । क्वारेन्टाइनमा बस्ने व्यक्तिको बस्ने खाने ब्यावस्था गाउपालिकाले मिलाउछ अध्यक्ष थापाले भन्नुभयो ।
यसैविच गाउपालिकाले लकडाउनको उल्लङ्घन गरेमा १ हजार जरिवाना उल्लङघन गर्ने व्यक्तिले तिर्नुपर्ने जनाएको छ । त्यस्तै लकडाउनको अवधिमा फुटवल, भलिवल, व्याडमिन्टन खेलेमा रू५ हजार जरपवना तिर्नुपर्ने र यो अवधीमा जुवातास खेलेमा र खेलाएमा दशहजार जरिवाना तोकीएको गाउँपालिकाले जनाएको ।

Show More

Related Articles

Back to top button