Uncategorized

फ्रेण्डसिप कपको उपाधि दोभानलाइ

दमौली खबर संवबददाता
फागुन २४

फ्रेण्डसिप कप फुटबलको उपाधि दोभान युथ क्लव भादगाउँले हात पारेको छ । शनिबार गुणादी खेलमैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा रिभर साइड युवा क्लबलाई २–१ गोलले पराजित गर्दै दोभानले उपाधि जितेको हो । उपाधि सँगै उसले १ लाख ११ हजार १ सय ११ रूपयाँ नगद , शिल्ड र प्रमाणपत्र हात पारेको छ भने उपबिजेता रिभर साइड युवा क्लवले ५५ हजार नगद , प्रमाणपत्र हात पारेको छ । फाइनल खेलको म्यानअफ द म्याच दोभानका बिकास श्रेष्ठ भएका छन । बिजेता तथा उपबिजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिका का प्रमुख माया देवी रानाले नगद , मेडल , ट्रफी र प्रमाणपत्र प्रदान गरेकि थिईन । समापन समारोहमा प्रमुख अतिथि माया देवि रानाले युवा खेलाडीहरूले खेल सँगसँगै आयआर्जनका कामहरू पनि गर्नुपर्ने बताइन् । खेल सँगसँगै खेलाडीमा अनुशासन पनि हुनुपर्ने उनको भनाइ थियो । युवाहरूले देश बिकासको लागि उदाहरणीय काम गर्नुपर्ने उनको सुझाव थियो । कार्यक्रममा बिशिस्ट अतिथि म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे , प्रवक्ता शिवसरण वाग्ले , ब्यासनगरपालिकाका प्रबक्ता मोहन कुमार श्रेष्ठ , बिनोद खनाल , ऐमानसिह थापा , इस्वर बस्याल लगायतले बोलेका थिए । म्याग्दे गाउँपालिका वडा नंँ १ गुणादीमा फागुन १८ गते देखि सन्चालित फ्रेण्डसिप सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता समाज परिवर्तनको लागि युवा परिचालन भन्ने मुल नारालाई आत्मसाथ गर्दै युवा जगतमा खेल प्रति रूचि र युवाहरूको स्वास्थ्य सबल बनाउन तथा बिविध सामाजिक उद्देश्य राखेर आयोजना गरिएको थियो । प्रतियोगितामा जम्मा २३ टिमको सहभागीता रहेको थियो । क्लवका अध्यक्ष दुर्गाराज थापाको अध्यक्षतामा भएको समापन समारोहको स्वागत खेम बहादुर थापाले तथा सन्चालन अनिल अधिकारीले गरेका थिए ।

Show More

Related Articles

Back to top button