Uncategorized

प्राविधिक शिक्षा सबैको पहु“चमा पुगोस्

प्राविधिक शिक्षा आजको आवश्यकताको नारा हिजो आज नेपाली समाजमा चर्किएको छ । जुन समय सापेक्षित हिसाबले आवश्यक पनि
हो । प्राविधिक शिक्षाले विद्यार्थी  तथा युवालाई सैदान्तिक किताबी ज्ञान मात्र नभई व्यवहारिक जीवनमा लागुहुने खालको ज्ञान प्रदान गर्दछ । भोको व्यक्तिलाई  छाक टार्न माछा नदिई माछा मार्ने सिप सिकाउनु  प्राविधिक शिक्षाको सकारात्मक पाटो हो । तर प्राविधिक शिक्षाको नाउँमा हाल विभिन्न शैक्षिक संस्थाहरुले चरम शोषण गरिरहेको देख्न पाईन्छ ।
शिक्षाका नाउँ विभिन्न कलेजहरुले विद्यार्थीहरु सँग अन्ध धुन्द  रुपमा आफुखुशी रकम अशुली गरेको पाईन्छ । न्युन आय स्रोत भएका विद्यार्थीहरुले प्राविधिक शिक्षाको सपना देख्नु समेत बेकार जस्तो वातावरण हाल सिर्जना भएको छ । न्युन आय भएका विद्यार्थीहरु जो पढाईका दृष्टीले सक्षम भएता पनि आर्थिक कमजोरी र चर्को पढाई शुल्कका कारण बञ्चित हुनु पर्ने अवस्था आएको छ । प्राविधिक शिक्षामा सबैको समान अधिकार र ग्रहण गर्ने सक्ने किसीमको हुनु जरुरी छ । पहुँचवाला धनीका लागी मात्र हो भन्ने मानसिकतालाई हटाउनका निम्ती सरकारी तथा गैर सरकारी संस्थानहरुले प्रदान गर्दै आएको प्राविधिक शिक्षालाई सस्तो र गुणस्तरीय बनाउनु जरुरी छ । यदि प्राविधिक शिक्षालाई थोरै भन्दा थोरै शुल्कमा सबैको पहुँचमा पु¥याउन सकेको खण्डमा दक्ष सिप भएकाहरुको उत्पादनमा वृद्धि हुने थियो । राष्ट्र निमार्णका लागी अत्यन्तै आवश्यक मानिने प्राविधिक शिक्षाको बर्षेनी बढदै गरेको चर्को शुल्क नियन्त्रण, विषयगत दर तथा गुणस्तर कायम गर्नका लागी सरकारी निकाय र सरोकारवालाहरुको ध्यान जानु जरुरी देखिन्छ ।
Show More

Related Articles

Back to top button