Uncategorizedजीवनशैली

फेरी लकडाउन : निषेधाज्ञा लागु गराउन सडकमै एसपी पौडेल

तनहँुमा सामुदाय स्तरमा कोरोना संक्रमण देखा परे पछि फेरी लकडाउन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहँुले सोमबार एक विज्ञप्ती निकाल्दै व्यास नगरपालिका र भानु नगरपालिकालाई निषेधारा जारी गरेको छ । व्यास नगरपालिकामा भदौ १ गते देखि ७ गते सम्म एक हप्ताको लागि र भानु नगरपालिकामा १४ गते सम्म दुई हप्ताको लागि निषेधारा जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यद्धारा जारी विज्ञप्तीमा निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा, स्वास्थ्य सेवा, सरसफाई सेवा र विपत् व्यवस्थापन सेवासँग सम्बन्धी कार्य, राष्ट्रिय राजमार्गमा संचालन हुने सवारी साधन, बैंक तथा वित्तिय संस्थाबाट प्रदान गरिने वाह्य सेवाहरु मात्र संचालन गर्न पाईने भएको छ । प्रजिअ आर्चायका अनुसार अत्यावश्यक कार्यमा बाहिर ननिस्कन ,निस्कनै पर्दा अनिवार्य रुपमा मास्क लगाउने र समूहमा निस्कन रोक लगाइएको छ ।त्यस्तै भौतिक र सामाजिक दुरी कायम गर्नुपर्ने ,मठमन्दिर लगायत सार्वजनिक स्थलमा भेला हुन र भिडभाड गर्न नपाईने र धार्मिक तथा सामाजिक कार्यका लागि भेला हुन नपाइने उल्लेख गरिएको छ । समुदाय स्तरमा कोरोनाको उच्च जोखिम देखिए सँगै व्यासमा सोमबार दिउसो १२ बजे देखि लकडाउन गरिएको हो । सोमबार निषेधारा सुरु भए साँगै खुल्ला भएको अत्यावश्यक बाह्यका सेवाहरुलाई बन्द गराउन एसपी अरुण पौडेलले सडकमा निस्एिका थिए । भानुमा गएको हप्ता देखि नै सिल गरिएको थियो । त्यस्तै कोभिड १९ को जोखिम बढेको भन्दै शुक्लागण्डकी नगरपालिकाले नगरभित्र अत्यावश्यक सेवा र खाद्यान्न ढुवानी बाहेकका सवारी बन्द गर्न आग्रह गरेको छ । साथै बजार पनि विहान ११ देखि साँझ ५ बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरिएको छ ।

नगर प्रमुख किसान गुरुङद्धारा सोमवार जारी जरुरी सुचनामा फुटपाथ तथा ठेलगाडामा हुने व्यापार तत्कालन बन्द गर्न आग्रह गरेको छ । खुल्ला ठाउँमा सञ्चालन हुने तरकारी, खाद्यान्न, फलफूल लगायत खुद्रा व्यापार र व्यवसायजन्य कार्य नगर्न उल्लेख गरिएको छ । बजार सञ्चालन गर्दा सम्बन्धित व्यवसायी र सेवाग्राहीले मास्क लगाई साबुन र सेनीटाइजर प्रयोग गरी भौतीक दुरी अनिवार्य कायम गर्न भनिएको छ । सुचनामा धार्मिक स्थलहरुमा दैनिक नित्यपुजाबाहेक अन्य कुनै पनि गतिविधि सञ्चालन नगर्न, चाडपर्व आ–आफ्नै घरभित्र रहि जनस्वास्थ्यका मापदण्ड पालना गरी मनाउन पनि आग्रह गरिएको छ । अतिवाश्यक काम परि बाहिर निस्कन परे अनिवार्य रुपमा मास्क प्रयोग गर्न भनिएको छ ।

Show More

Related Articles

Back to top button