Uncategorizedपत्रपत्रिकाबाट

पोखरीथोक कोलग्रैही गोही खानेपानी आयोजना शुरु

वि.वि. श्रेष्ठ
भानु–५, मैवल, तनहुँ
भानु नगरपालिका वडा नं ५, को मैवलमा पोखरीथोक कोलग्रैही गोही खानेपानी आयोजना शुरु भएको छ । गण्डकी प्रदेश सरकारको आधारभुत खानेपानी आयोजनाको एक घर एक धारा अन्र्तगत मैवलमा उक्त कार्यक्रम शुरु भएको हो । करिव १ करोड लागतमा वन्ने खानेपानी आयोजना वहुवर्षिय कार्यक्रम अन्र्तगत शुरु भएको हो ।
करिव ७० घरधुरि लाभान्वित हुने खानेपानी कार्यक्रम ले मैवलको पोखरीथोक, चैनपुर र गोठादी एरियाको गरि कुल ७२० जना व्यक्तिहरु लाभन्वित हुने पोखरीथोक कोलग्रैही गोही खानेपानी तथा सरसफाई उपभोक्ता समुहका सचिव शिव कुमार श्रेष्ठले वताउनुभयो । लिफिटिङ्ग प्रविधिवाट खानेपानीको मुहानवाट तानेर टंकीमार्फत वितरण गर्नका लागी १० घनमिटर र २० घनमिटरको १ गरि २ वटा टंकी निर्माण गरिने सचिव श्रेष्ठले वताउनुभयो ।
लामो समयदेखि खानेपानीको दुख झेल्दै आएकामा अव लिफिटिङ्ग प्रविधिमार्फत खानेपानीले समग्र जनताको खानेपानीको समस्या समाधान हुने समाजसेवी अशोक खत्रीले वताउनुभयो । विहानै उठेर पानी लिनु जानुपर्ने वाध्यतामा जीवन यापन गरेका जनताहरुले खानेपानीको उपलव्धताले दैनिकी जीवन सहज हुने स्थानिय राजु शाहीले वताउनुभयो । खानेपानीको आपुर्तिका लागी दिन नै खर्चिनुपर्ने अवस्थावाट अव स्थानियले मुक्ति पाउने आयोजनाका सचिव शिव कुमार श्रेष्ठले वताउनुभयो । घर घरमा नै धारा आएपछि खानेपानीको सजिलै पाउने भएपछि उत्साहित भएका स्थानिय वासिन्दाहरु दैनिकी श्रमदानमा जुटेका छन् ।

Show More

Related Articles

Back to top button