Uncategorized

पूर्वमन्त्री पूर्णकुमार शेर्माको निधनप्रति वीपी विचार राष्ट्रिय समाज दुःखीत

दमौली खबर संवाददाता
फागुन ३०, दमौली

पूर्वस्थानीय विकासमन्त्री तथा नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य पूर्णकुमार शेर्माको बुधबार अपराह्न ४ बजे निधन भएको छ । काठमाडौँको निदान हस्पिटल पुल्चोकमा उपचारका क्रममा उहाँको निधन भएको हो । विसं २००० असोज १२ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सराङडाँडामा जन्मेका शेर्मा २०६६ सालमा स्थानीय विकासमन्त्री बनेका थिए ।

उनले नेपाली काँग्रेस पाँचथरको दुईपटक सभापति भएर पार्टीको नेतृत्व समालेका थिए । यसैबीच, उहाँको निधनप्रति वीपी विचार राष्ट्रिय समाजले गहिरो दुःख ब्यक्त गरेको छ । समाजका केन्द्रीय सभापति कुलबहादुर (केवी) गुरुङ तथा सहभापति गोविन्दराज जोशीले शेर्माको निधनप्रति गहिरो समवेदना ब्यक्त गरेका छन् । उनिहरुले गहिरो दुःख व्यक्त गर्दैे भनेका छन् — “नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं पूर्व मन्त्री पूर्णकुमार शेर्माको निधनले हामीलाई अत्यन्त दुःखीत र स्तब्ध बनाएको छ । स्वर्गीय शेर्माले नेपालको प्रजातान्त्रिक÷लोकतान्त्रिक आन्दोलनहरु तथा नेपाली कांग्रेसको संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

Show More

Related Articles

Back to top button