हेडलाईनसमाचारशिक्षा

परिक्षा दिन पोखरा जानुपर्ने बाध्यता हटाउँदै इकाइ

दमौली खबर संवाददाता

तनहुँ, वैशाख ७ गते

शिक्षक सेवा आयोगको परिक्षा दिन पोखरा जानु पर्ने बाध्यता हटाउने कार्यमा शिक्षा विकास तथा समन्वय इकाइ लागेको छ । यस क्रममा निम्न माध्यामिक तहको सामाजिक तथा अङ्ग्रेजी विषयमा परिक्षा दिने यहाँका परिक्षार्थीलाई पोखरा जानु पर्ने बाध्यता हटेको छ । परिक्षार्थीलाई परिक्षा दिन सहज बनाउन तनहुँमा केन्द्र निर्धारण गरिएपछि सो बाध्यता हटेको हो । आयोगले शनिबार निमावि तृतीय श्रेष्णीको प्रतियोगितात्मक लिखित सामान्य परिक्षा लिएको थियो ।

विस्तारको क्रममा रहेकोले पृथ्वीराजमार्गको यात्रा कठिन, धेरै परिक्षार्थीहरु हुँदा बस्नको लागि कोठा पाउन मुस्किल हुने जस्ता समस्या समाधानको लागि आयोगले तनहुँमा समेत केन्द्र निर्धारण गरेको हो । यस अघि गण्डकी प्रदेशको राजधानी पोखरा गएर परिक्षा दिनु पर्ने बाध्यता रहेको थियो । तनहुँमा परिक्षा केन्द्र सञ्चालनको लागि कुनै समस्या नहुने र परिक्षार्थी सहज हुने जानकारी दिईएपछि तनहुँमा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय एकाइ तनहुँका प्रमुख उद्धवराज कट्टेलले जानकारी दिनुभयो । कट्टेलका अनुसार तनहुँका २१ वटा केन्द्र निर्धारण गरिएको छ । सामाजिक तथा अङ्ग्रेजी विषयको गण्डकी प्रदेशका ११ जिल्लाका अतिरिक्त गण्डकी प्रदेशमा शिक्षक हुन चाहाना राखि परिक्षाका लागि फाराम भर्ने परिक्षार्थीले परिक्षा दिन पाउने छन् । पाँच हजार पाँच सय परिक्षार्थीले परिक्षा दिएका छन् ।

तनहुँमा सबैभन्दा धेरै व्यास नगरपालिका १३, शुक्लागण्डकी नगरपालिकामा आठ र म्याग्दे गाउँपालिकामा एक गरी २१ वटा केन्द्र निर्धारण गरिएको छ । अङ्ग्रेजी र सामाजिक विषय बाहेका सबै विषयहरुको लागि कास्की जिल्लामा ३४ वटा केन्द्र कायम गरिएको छ । परीक्षा सञ्चालन गर्नुभन्दा अघि नै आयोगले केन्द्राध्यक्षलाई अभिमुखीकरण तालिम दिईसकेको छ । तनहुँका केन्द्र सञ्चालन भएपछि तनहुँका अतिरिक्त मनाङ, लमजुङ, गोरखा र नवलपरासी जिल्लाबाट परिक्षा दिन आउनेलाई सहज भएको कट्टेलले बताउनुभयो । परिक्षार्थीहरुसँग रकमको अभाव हुने भएकोले सस्तो खाना, खाजा र आवासको व्यवस्था र राम्रो व्यवहार गर्न होटल व्यवसायिकलाई आग्रह गरिएको कट्टेलले जानकारी दिनुभयो ।

तनहुँका परिक्षार्थीलाई सहज वातावरण भएमा पुन परिक्षा केन्द्र राख्न, धेरै परिक्षा केन्द्र राख्न सहज हुने कट्टेल बताउनुहुन्छ । खाना र बसाइमा महँगो रकम खर्च हुने, यात्रा गर्नुपर्दा झन्झटिलो हुने जिल्ला जिल्लामा रहेको समन्वय एकाइको व्यवस्थापन परिक्षा सञ्चालन गनुपर्ने माग परिक्षार्थीले राख्दै आएका थिए । सो मागलाई ध्यानमा राखि तनहुँमा केन्द्र कायम राख्न आग्रह गरिएको कट्टेल बताउनुहुन्छ ।

Show More

Related Articles

Back to top button