समाचारविचारUncategorized

पन्तको निधनमा नेता जोशीद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसका पूर्व सह–महामन्त्री एवं पूर्व मन्त्री गोविन्दराज जोशीले भानु नगरपालिका –५ , सेपाबगैचा निवासी नेपाली कांग्रेसका नेता एवं समाजसेवी गिरीन्द्र वहादुर पन्त क्षेत्रीको ७५ वर्षको उमेरमा भएको असामायिक निधनले आफु अत्यन्त मर्माहत र दुःखी भएको वताउनु भएको छ । उहाँ र उहाँको परिवारको प्रजातान्त्रिक आन्दोलनमा अत्यन्त ठूलो योगदान रहेको स्मरण गर्दै श्रद्धान्जली व्यक्त गर्नुभएको छ । यो शोकको घडीमा सम्पूर्ण पन्त परिवारमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी समवेदना व्यक्त गर्नुभएको छ ।

यसैगरी आजै एक विज्ञप्ती प्रकाशित गरी वीपी विचार समाज तनहँुले उहाँको निधनले जिल्लाले एक कर्मठ प्रजातन्त्रवादी , वीपीका सच्चा अनुयायी , कुशल संगठनकर्ता , कांग्रेसको नेता गुमाएको समाजका सचिव हरिशरण पण्डितले बताए । आज नै उहाँको मस्र्याङ्दी नदीस्थित सतीघाटमा कांगे्रस नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा नेपाली कांगे्रसको झण्डा ओडाइ अन्तिम दाह संस्कार गरिएको नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवं महिला संघकी केन्द्रिय सदस्य चिनु पोख्रेलले बताइन् ।

Show More

Related Articles

Check Also
Close
Back to top button