समाचारUncategorized

नगरपालिकाले भन्यो ‘आफनो सुरक्षा आफै गर्नु’

पछिल्लो समयमा व्यास नगरपालिकाकामा दिनहँु कोरोना संक्रमीतको व्यक्ति थपिदै जाँदा नगरपालिकामा लकडाउन हुने हल्ला चलेको थियो । तर नगरपालिकाले भने लकडाउन नगर्ने भएको छ । बुधबार नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले दमौली खबर सँग कुराकानी गदै तत्काल लकडाउन गर्न नसकिने बताएका छन् । उनले भने, ‘लामो समयको लकडाउन पश्चात बिस्तारै संचालनमा आएका व्यवसाय बन्द गर्दा उनिहरु मार पर्र्छन् ’ लकडाउनले मात्र कोरोना नियन्त्रण हुने भए, पहिला नै नियन्त्रणमा हुन्थ्यो । ’ उनले थपे,‘स्वास्थ्य मापदण्ड पूरा रुपमा पालना गरेर मात्र आफनो दैनिकी गर्न आवश्यक छ । ’ त्यस्तै उनले कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासनले र स्थानिय तहले बनाएको नियमको जनप्रतिनिधिहरु पनि उलंघन गरेको समेत जिकिर गरे ।

उनले भने,‘यो महामारीको बेलामा कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न भनिएको छ, तर जनप्रतिनिधिहरुले नै कार्यक्रम गरि नियमको उंलघन गरेका छन् । ’उनले थपे,‘महामारी सकिएपछि जति भेटघाट कार्यक्रम पनि गर्न सकिन्छ नि , अहिले कार्यक्रम गर्न भन्नि छैनन । ’ उनले अहिलेको महामारीको अवस्थामा सबैले आफनो सुरक्षा आफै गर्न आवश्यक रहेको बताए । नगरप्रमुख न्यौपाने भने, ‘ बाहिरी जिल्ला र विदेशबाट आएका व्यक्तिहरु सकेमा सुरक्षित होमक्वारेन्टाईनमा बस्नु पर्छ, सुरक्षित होमक्वारेन्टाईन नभएको अवस्थामा नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा बस्नु पर्ने छ । ’त्यस्तै कोरोना सम्बन्धी लक्षण देखिएकालाई मात्र कोरोना परीक्षणको लागि आउन भनिएको उनले बताए ।

Show More

Related Articles

Back to top button