Uncategorized

देवघाटको विकासमा सरकारले ध्यान दिन्छ : राज्यमन्त्री मानन्धर

देवघाट तनहुँ: शहरी विकास राज्यमन्त्री रामविर मानन्धरले देवघाटधामको विकासमा सरकारले ध्यान दिने बताएका छन् । तनहँुको देवघाटधाम हरिहर आश्रममा आज शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री मानन्धरले देवघाटधाम नेपालकै धार्मिक, पर्यटकीय र ऐतिहाँसिक स्थल भएको हुँदा यस क्षेत्रको विकासमा पनि संघीय सरकारले सक्दो सहयोग गर्ने उहाले बताउनु भएको थियो।

पछिल्लो समय देवघाटमा तिब्र शहरीकरण भएको आफुले महशुस गरेको भन्दै मन्त्री मानन्धरले अव देवघाटधामलाई भित्र चक्रपथको निर्माण, ढल निकास, सडक कालोपत्रे लगायतको काममा प्रदेश र स्थानीय सरकारसँग समन्वय गरि संघीय सरकारले बजेट छुट्याउने बताए थिए । मन्त्री मानन्धरले देवघाटलाई मुक्तिनाथसम्म जोड्ने शालिग्राम करिडोरको स्तरोन्नतीकोलागि आवश्यक पर्ने बजेट संघीय सरकारले उपलब्ध गराउने प्रतिबद्धता जनाए थिए । कार्यक्रममा तनहँु क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न देवघाटको पनि ठुलो भुमिका रहने भन्दै यहाँको मठ, मन्दिर लगायत विभिन्न संरचनाको थप विकास गर्न आफुले संघीय सरकारको ध्यानाकर्षण गराउने बताए । अहिले देवघाटकोलागि सबैभन्दा महत्वपुर्ण चक्रपथको निर्माण रहेको भन्दै उनले चक्रपथको निर्माणपछि समग्र देवघाटधामको विकासमा सहयोग पुग्ने बताए । सो कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले देवघाट गाउँपालिकाको बिकास क्रमिक रूपमा अगाडी बढी रहेको र ठुलो योजना बिकासको लागि प्रदेश र केन्द्र सरकार संग पहल भइ रहेको बताउनु भएको थियो। कार्यक्रम देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष शिवराज पौडेल,देवघाट वडा नम्बर ५ का वडा अध्यक्ष याल बहादुर गुरुङ र देवघाट गाउँपालिकाका ने.क.पा.अध्यक्ष भुवनसिङ्ग गुरुङ लगाएतको उपस्थिति रहेको थियो।

Show More

Related Articles

Back to top button