समाचार

दुर्घटना न्यूनिकरणको लागि जेब्राक्रस निर्माण

शंकरराज नहर्की

तनहुँ, वैशाख ११ गते

सहरी क्षेत्रहरुमा हुने दुर्घटनाम न्यूनिकरण गर्न व्यास न पा वडा न २ कार्यालय सक्रिय भएको छ । व्यास नगरपालिकाको विशेषगरी वडा नं २ को व्यस्त सडक र विद्यालय क्षेत्रमा २ नम्बर वडा को पहलमा सोमवार जेब्रा क्रसिङ , गति सिमित , विद्यालय क्षेत्र , पार्किङ , लगायतका सचेतनामुलक बोर्डहरु राखि हुन सक्ने दुर्घटना लाई नुनिकरण गर्न वडा कार्यालय सक्रिय भएर लागेको वडा सदस्य सुरेश वाग्लेले जानकारी दिनुभयो । वाग्लेले भन्नुभयो, ‘वडा नं २ को दुर्घटना जोखिम क्षेत्र पहिचान गरि जेब्राक्रसिङ राख्ने लगायतका कामलाई अगाडी बढाएका छौं ।’

वडा नं. २ वडा अध्यक्ष काशिराम श्रेष्ठ वडा कार्यालयले यसै आर्थिक बर्ष योजना बनाई उपभोक्ता समिति गठन गरि योजना सन्चालन गर्ने कामलाई प्रकृयागत रुपमा अगाडि बढाईएको बताउनुभयो । वडा नं. २ को खासगरि भेटघाट चोक, न्यूरोड, गणेशमान चोक, ग्रीनसिटि टोल, सत्यवती मावि लाईन लगायतमा जेब्राकसिङ, गति सिमित, विद्यालय क्षेत्र लगायतका जनचेतनामूलक बोर्डहरु राख्ने कामलाई वडाले तिब्ररुपमा अगाडी बढाएको छ । यी क्षेत्रहरु दुर्घटनाको उच्च जोखिम क्षेत्र हुन् । वडा कार्यालयको आयोजना तथा जिल्ला ट्राफिक कार्यालयको समन्वयमा जेब्रा क्रसिङ, स्प्रीड ब्रेकर र सचेतना बोर्ड राख्ने काम भईरहेको छ । आर्थिक बर्ष ०८०÷०८१ को वडा बजेटबाट वडाभित्रका व्यस्त सडक र स्थानमा हुने दुर्घटनाबाट जोगिन जेब्रा क्रसिङ,सचेतना बोर्ड र स्पीड ब्रेकरको काम गरिएको वडा कार्यालयले जनाएको छ । जेब्राक्रस राखेपछि विद्यार्थी र पैदलयात्रीलाई हिडडुलमा सहज भएको छ ।

Show More

Related Articles

Back to top button