समाचारविचारUncategorized

दशैंमा घर आउनेलाई १५ दिन क्वारेन्टाईनमा

दशैंका बेला घर आउनेका लागि दुई हप्ता क्वारेन्टाइन राख्ने जिल्ला संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी सागर आचार्यको संयोजकत्वमा बसेको बैठकले चाडपर्वमा देश तथा विदेशबाट घर आउनेको धेरै हुँदा कोरोनाको जोखिम रहेको भन्र्द उत्तःm अवधिमा आउनेका लागि अनिवार्य रुपमा दुई हप्ता क्वारेन्टिन राख्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले बताए । उनले भने,‘स्वास्थ्य मापदण्ड पुगेमा होम क्वारेन्टाईनमा राख्न सकिन्छ, नभए स्थानिय तहले निर्माण गरेको क्वारेन्टाईनमा राख्नु पर्ने छ । ’ त्यस्तै बैठकले तनहुँमा कोेरोना संक्रमणको जोखिम बढिरहेको भन्दै जोखिम कम गर्नका लागि सबै तहमा लागू हुने गरी सावधानी अपनाउ लगाईएको उनले बताए । त्यस्तै स्थानिय तहलाई कोरोना भाईरस सम्बन्धी सचेतना मुलक सन्देश कार्यक्रम गर्न आग्रह गरेको छ ।

Show More

Related Articles

Back to top button