समाचारAll

तनहुँमा डेङ्गु सङ्क्रमणबाट एक बालिकाको मृत्यु

  1. दमौली खबर संवाददाता

    तनहुँ, असोज ९  गते

    तनहुँमा डेङ्गुको सङ्क्रणबाट एक बालिकाको मृत्यु छ । व्यास नगरपालिका–२ दमौली निवासी जीवन श्रेष्ठको १४ वर्षिय छोरीको निधन भएको छ ।

    डेङ्गुको सङ्क्रमणबाट विरामी भएपछि दमौलीमा उपचार गरी थप उपचारको लागि पोखरा स्थित चरक अस्पतालमा लगिएकोमा उपचारको क्रममा निधन भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । डेङ्गुको सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिकामा कार्यरत इन्जिनियर कमलप्रसाद शर्माको निधन भएका थियो ।

    व्यास नगरपालिका–१० निवासी शर्माको असार १६ गते निधन भएको थियो । डेङ्गु सङ्क्रमण भएपछि दमौलीमा उपचाररत ३५ वर्षीया शर्मालाई थप उपचारका लागि पोखरा लैजादैं गर्दा बाटोमा निधन भएको थियो ।

Show More

Related Articles

Back to top button