Uncategorizedपत्रपत्रिकाबाट

तनहुँका लोक पप गायक सुनिल भन्छन् ‘आफ्नै जन्मभूमिलाई चिनाउन मन लाग्छ’

अहिलेका युवाहरुको माझमा लोक पप गीतका कारण छाउन सफल गायक हुन्( सुनिल गिरी । तनहुँको व्यास नगरपालिका साविक श्याम्घा शेखाटारमा जन्मिएका उनी विगत आठ वर्षदेखि गायन क्षेत्रमा सक्रिय छन् । विद्यालय जीवन सकेर गिरी संगीत शिक्षाका लागि पोखरा पुगेका थिए । पोखरामा ३ महिने संगीत सिकेपछि थप पढाईका लागि उनी काठमाडौँ पुगेका थिए । गिरीले आफ्नो पहिलो गीत वि.सं २०७० मा सार्वजनिक गरेका हुन् । ‘को हो त्यो भन्ने गीतबाट नै उनी युवाहरुको माझमा छाउन सफल भएका हुन् ।युवापुस्ता लक्षित पहिलो गीत लोकप्रिय भएपछि सुनिलले थुप्रै हिट गीत दिएका छन् । ‘पहिलो गीतले नै मलाई संगीतमा स्थापित बनाइदियो । गीत निकाल्नुभन्दा पहिले जति संघर्ष दुःख गर्नुप¥यो, त्यसपछि पछाडि फर्कनुपरेको छैन’, उनी भन्छन्। अहिलेसम्म उनले दुई दर्जनबढी गीतहरु बजारमा ल्याइसकेका छन् । हालसालै ‘ए साईंली’ गीतको भिडियो सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियोमा स्वयम् गिरी र पेमा शेर्पाको अभिनय देख्न सकिन्छ ।

तनहुँको व्यास ६ स्थित शेखाटार गाउँको परिवेशमा तयार गरिएको भिडियोमा अनिल कृष्ण मानन्धरको छायांकन रहेको छ । सुनिल गिरी अफिसियल युट्युबबाट सार्वजनिक उक्त भिडियोको दृश्य सम्पादन मनोज कार्कीले गरेका हुन् भने निर्देशन स्वयम् सुनिल गिरीले नै गरेका छन् ।

यात्राको क्रममा भेटिएकी गाउँले साईंलीलाई आफ्नी नीवन सहयात्री बनाउन फकाउँदै गरेको यात्रीको कथालाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको भिडियोले दर्शकहरुबाट राम्रो प्रतिक्रिया समेत पाइरहेको छ । पछिल्लो समयमा उनले तयार पारेका गीतहरुको छायांकन उनले आफ्नो जन्मस्थान व्यास( ६ शेखाटारमा गर्दै आएका छन् । यसभन्दा अगाडिका गीत( सोल्टिनी भनि बोला’को, माया रोगै पिरती लगायतमा पनि उनले उक्त ठाँउको शेरोफेरोमा नै छायाङकन गरेका छन् । उनले भने, ‘आफ्नो जन्म क्षेत्र प्यारो लाग्छ, आफ्नै ठाँउलाई चिनाउन मन लाग्छ ।’

हुने बिरुवाको चिल्लो पात

भनिन्छ नि हुने बिरुवाको चिल्लो पात । हो, त्यस्तै थिए सुनिल गिरी । सानैदेखिको संगीतप्रतिको लगाव एलएलसीपछिको समयमा मात्र राम्ररी फस्टाउन पायो । ‘गाउँघरतिर संगीत सिक्ने माध्यम थिएन, रेडियो नेपाल, पोखराका एफएम रेडियोहरुबाट गुञ्जिने गीत नै मेरो लागि प्रेरणाका स्रोत हुन्। रेडियो सुन्ने अनि गाउने गर्थेँ। एक्लै प्राक्टिस गर्थें’, सुनिल भन्छन्, ‘क्यासेट प्लेयर किनेर पनि सुन्ने अनि सँगै गाउन थाल्थेँ । एसएलसीपछि मात्र संगीत सिक्ने मौका पाएँ।’

काठमाडौं पुगेपछि सुनिल फागू पूर्णिमाका दिन गायक नवीन के भट्टराईले आयोजना गरेको ‘म पनि गाउन सक्छु’ प्रतिस्पर्धामा सहभागी भए र प्रथम स्थान ल्याए। त्यसको पुरस्कारबापत पाएको ३ महिने निशुल्क गायन कक्षाबाट नै उनले संगीत कक्षा सुरुवात गरे।

उनले सारेगम कला केन्द्रमा अशोक पौडेलसँग गायन कक्षा लिए। पुरस्कारमा पाएको तीन महिने कक्षा सकिएपछि अशोक गुरुसँगै पैसा तिरेर थप ४ वर्ष संगीत सिके सुनिलले। त्यसपछि गान्धर्व म्युजिक इन्स्टिच्युटमा चन्दन श्रेष्ठसँग दुई वर्ष शास्त्रीय संगीत सिके।

सुनिल सानैदेखि कन्दरा ब्यान्ड, राजु लामाको मंगोलियन हर्ट ब्यान्डका गीतहरु सुन्थे। त्यसैले उनको गीतमा पनि त्यसकै प्रभाव प¥यो। शास्त्रीय संगीत सिके पनि सुगम संगीत, लोक, पप संगीतमा केही गर्नुपर्छ भन्ने उनलाई लाग्यो।

गायन प्राथमिकता भए पनि गीत चाहियो भनेर अरुकहाँ धाउन उचित लाग्दैन सुनिललाई। ‘मेरो प्राथमिकता त गाउने नै हो। तर अरुसँग धाएर मलाई गीत चाहियो अथवा मेरो लागि संगीत गरिदिनुप¥यो भनेर जानुपर्ने, किन्नुपर्ने खास ठीक लाग्दैन’, उनले भने, ‘कति भौतारिने भनेर आफै मेहनत गर्न थालेँ। गीत लेख्ने, गाउने, संगीत गर्ने भनेका सबै साधना हुन्। एक(अर्काको परिपूरक पनि छन्। त्यसैले मिहिनेत ग¥यो भने सकिन्छ भनेर लेख्ने, गाउने, संगीत सबै आफै गर्न थालेँ।’

‘आमाको चाहना अंगेजी शिक्षक बनोस्, बुबाको चाहना आर्मी बनोस’

सुनिलका बुवा आर्मी र आमा शिक्षक बनाउन चाहन्थे उनलाइ । आफू भारतीय सैनिक भएकोले बुबा सुनिललाई पनि आर्मी नै बनाउन चाहन्थे। आमाको चाहना भने अंग्रेजी शिक्षक भएर गाउँमा नै पढाओस् भन्ने थियो।

तर त्यसको विपरीत सुनिल बने गायक। ‘बुवा आर्मीमा भएका कारण आर्मी नै बनोस् भन्ने चाहनुहुन्थ्यो तर आमा भने पढेर गाउँमै आएर स्कुलरकलेजमा अंग्रेजी विषय पढाओस् भन्ने चाहनुहुन्थ्यो,’ सुनिलले भने, ‘मैले उच्च शिक्षा पनि शिक्षा संकायबाटै पूरा गरेको हुँ। तर शिक्षक भइनँ।’

सबैलाई समेट्ने गीतको चाहना उनले लेखेका गीतमा ८० प्रतिशत प्रेमजोडीको विषयमा लक्षित छन्। ‘व्यक्तिगत रुपमा सबैभन्दा बढी मान्छेको मन तान्ने भनेको प्रेमले नै हो। सबैभन्दा बढी ‘लभ सङ’ ले नै मन छुन सक्छ। मेरा गीतमा टिनएजरहरु लक्षित हुन्छन्’, सुनिलले भने, ‘त्यसैले जसलाई हामीले टार्गेट गरेर गीत बनाउँछौ उनीहरु भनेका प्रेम गर्ने, गीत सुन्ने पुस्ता हो।’ उनी सबै वर्गलाई समेट्नेगरी गीत बनाउन चाहन्छन्।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button