समाचारकोरोनाभाइरस

तनहँुमा थप एक संक्रमितको मुत्यु

तनहुमा कोरोना बाट थप एक संक्रमितको मुत्यु भएको छ । कास्कीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा म्याग्देको एक संक्रमितको मृत्यु भएको हो । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माका अनुसार प्रतिष्ठानमा म्याग्दे गाउँपालिका ५ का ७३ वर्षीय पुरुषको मुत्यु भएको हो। डा. शर्माका अनुसार कोरोना संक्रमित पुरुषको बुधबार साँझ ५ः२० बजे प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । उनीमा पुस ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Show More

Related Articles

Back to top button