Uncategorizedजीवनशैली

तनहँुमा थपिए तीन संक्रमीत

तनहुँमा बुधबार तीन जना कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार देवघाट गाउँपालिकामा दुई पुरुष र म्याग्दे गाउँपालिकामा एक महिला गरि तीन जना कोरोना संक्रमीत थपिएका हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्ती अनुसार देवघाट गाउँपालिका वडा नं ४ का ४२, वडा नं ५ का २७ वर्षीय पुरुष र म्याग्दे गाउँपालिका वडा नं ६ की ६० वर्षीया महिला मा पनि कोरोना सङ्क्रमण पुष्टि भएको हो । म्याग्देकी ६० वर्षीया महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसनमा रहेकी छिन् । देवघाट गाउँपालिकाका दुई जना भने कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएको बताईएको छ । उनिहरुलाई सम्बन्धीत आईसोलेसनमा लैजाने तयारी भईरहेको छ ।

Show More

Related Articles

Back to top button