विचारUncategorized

पिडितलाई युके बाट सहयोग

असोज ३ दमौली,व्यास ७ बासपानी सामलिकमा लाईन सट भई घर जलेको दुई परिवारलाई युके बाट सहयोग प्रदान गरिएको छ । तीन दोभान समाज युकेले दुई घर परिवारलाई दुई लाख ८६ हजार चार सय ३७ रुपैया सहयोग प्रदान गरेको हो । गत चैतमा लाईन सट भई तिलविक्रम र गोर्कना परियारको घर जलेर नष्ट भएको थियो ।

त्यसपछि उनिहरु छिमेकीको घरमा आश्रय लिएर बसेका थिए । युकेमा विभिन्न व्यवसाय तथा रोजगारी गरेका गाँउका स्थानिय युवाहरुले मिलि रकम संकलन गरि सहयोग गरेको समाजका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठले बताए । हाल युके रहेका श्रेष्ठले कोरोनाको महामारीले रकम चाडै संकलन गर्न नसकिएको बताउदै उक्त सहयोग रकमले केही राहत हुने उनले बताए । सहयोग रकम पिडितलाई हस्तान्तरण गदै सिटिभिटि पोखराका प्रमुख हर्कलाल श्रेष्ठले गाँउका युवाहरुले विदेशमा बसेर आफनो ठाँउमा सहयोेग गर्ने भावनाको विकास रहेको बताउदै सहयोगको सहि सदुप्रयोग गर्न पिडितलाई सुझाव दिए ।

त्यस्तै वडा सदस्य युवराज गुरुङले विदेशमा रहेका युवाहरुमा गाँउ प्रति माया र भावना रहेका बताउदै गाँउमा असहज भएको व्यक्तिलाई सहयोग गर्न आवश्यक रहेको बताए । त्यस्तै सामलिक पोखरा सम्र्पक समाज अध्यक्ष रनबहादुर गुरुङले महामारीको बेलामा पनि विदेशमा रहेका युवाहरुले सहयोग गर्नु ठुलो कुरा रहेको बताए । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा व्यवसायी हर्कमान श्रेष्ठ, पदमबहादुर गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

Show More

Related Articles

Back to top button