Uncategorizedजीवनशैली

जिम्मा लिने व्यक्ति नहँुदा उपचारमा समस्या

दमौलीको बुल्दीखोलाको पुलबाट भदौ १९ गते शुक्रबार राती अचानक खस्दा देब्रे खुट्टा भाँचिएर हाल दमौलीको अस्पतालको बेडमा रहेका ३० बर्षीय दिनेश थापाको आफन्तजन कोही पनि सम्पर्कमा नआउँदा उपचारमा समस्या भएको छ । धादिङ जिल्लाको बुढाथुम स्थायी घर भई हाल केहि समय देखि दमौली बस्दै आएका थापा आफु बस्ने ठाउँ तर्फ फर्किदै गर्दा रेलिङ भाँचिएको बुल्दी पुलबाट खस्दा घुँडामुनिको भाग भाँचिएको हो ।

खुट्टा भाँचिएपछि रातभर खोलमा रहेका थापालाई भोलीपल्ट सर्वसाधारणले देखेपछि प्रहरीमा खबर गरिदिएका थिए । प्रहरीको टोलीले उपचारको लागि दमौली अस्पतालमा पु¥याई दिएपनि अस्पतालमा अप्रेशन गर्न नसक्ने भएपछि उपचारमा कठिनाई भएको हो । दमौली अस्पतालमा उनको उपचारको लागि आवश्यक स्रोत साधन नहुँदा अन्यत्र रिफर गर्नुपर्ने देखिएको अस्पतालका प्रमुख डा।सुनिल पौड्यालले बताए ।

उनको निशुल्क उपचारको लागि बिशेषज्ञ चिकित्सकहरु संग सरसल्लाह भैरहेपनि बेवारिसे अवस्थामा रहेका उनको जिम्मा लिने व्यक्ति नहुँदा उपचारका लागि अन्यत्र लैजान नसकिएको हो । उनले भने ‘अस्पतालको आफ्नो एम्बुलेन्स नभएपनि लैजाने व्यवस्था गर्न सकिन्थ्यो तर उनका कोही आफन्तजन सम्पर्कमा नआउँदा कठिनाई भएको हो ।’ उक्त घट्ना भएको एक÷दुई दिन घाइतेका आफ्न्तजन आएपनि त्यसपछि सम्पर्कमा नरहेको बताइएको छ ।

निजको आमा अन्यत्र गएको,बुबालाई अरुले नै पाल्दै आएको र दाजु भाउज्यू आर्थिक अभावको कारण देखाउँदै आउन नसकेको जानकारी पाएको डा।पौड्यालले बताए ।

निजकी पत्नी अन्यत्रै बिवाह गरी गएको बुझिएको छ । उनका आफ्न्तजन आएर जिम्मा नलिएसम्म अस्पतालमा भर्ना नलिने भएकोले उपचारमा समस्या देखिएको हो । थापा दमौलीमा केहि समय टायर पसलमा काम गर्दै आएको भएपनि घट्ना हुनुपुर्व उक्त काम गर्न छाडेको बताइएको छ ।

घटना भएको यतिका समय भैसक्दा पनि घरबाट कोही आउने अवस्था नभएपछि उनी भाँचिएकै खुट्टा लिएर अहिले दमौली अस्पतालको शय्यामा छटपटिई रहेका छन् । बाबु बुढा भएको आउनसक्ने अवस्था नभएको र आफु पनि यो हालतमा बस्नुपरेकोले जान नसकेको दुखेसो दिनेशको छ । उनका शुभचिन्तक कोही पनि भेट्न र उपचारको लागि पहल नगरिदिदाँ भाँचिएको खुट्टा लिएर बस्न बाध्य छन् ।

Show More

Related Articles

Back to top button