हेडलाईनUncategorized

लकडाउनको समयमा काम अनि सरुवा

सविन लामिछाने
दमौली । सरकराले गत चैत ११ गतेदेखी मुलुकलाई बन्दाबन्दीको घोषणा गर्‍यो । सोही समयमा तनहुँमा जिल्लाको समग्र सुरक्षा जिम्मेवारी सम्हाल्नका लागि तनहुँका लागि प्रमुख जिल्ला अधिकारीको
रुपमा तनहुँ आए । तर, लकडाउनको सुरुवाती समयमा जिल्लाको सुरक्षा निकायको प्रमुख जिम्मेवारी सम्मालन तनहँुका आएका बद्रिनाथ अधिकारीलाई लकडाउन समाप्त भएको घोषण सँगै सरुवा गरिएको छ ।

प्रजिअ अधिकारी जिल्लामा चार महिनामा काम गरि गृह मन्त्रालयमा सरुवा भएको हुन् । उनलाई महिला तथा बालबालिका मन्त्रालयमा सरुवा गरिएको छ । कोरोनाको महामारी चलिरहेको बेलामा जिल्लामा क्वारेन्टाईन, आईसोलेसन निर्माण देखि लकडाउनमा सुरक्षाको हिसाबमा पनि सहर्निय कार्य गरेको जिल्लावासीहरु बताउन् । छोटो समयमा नै जिल्लालाई सुरक्षित, सु व्यवस्थित बनाउने अधिकारी करिब ४ महिनाको अन्तरालमा नै सरुवा भए ।

क्वारेन्टाई र आईसोलेसन व्यवस्थापन गर्न र स्थानीय तहहरुलाई समन्वय गर्न तर्फ प्रजि.अ अधिकारी लागि परेका थिए । स्थानीय तहमा क्वारेन्टाईन निर्माण र व्यवस्थापनमा उत्पन भएका समस्याहरुलाई पनि उनले समाधान गरेका थिए । जिल्लामा कोरोना सक्रमितको संख्या र क्वारेन्टाईनमा बस्नेको संख्या बढ्दै गएको अवस्थामा स्थानिय तहहरुलाई समन्वय गराईन समस्याहरुको समधान पनि गरेका थिए । जिल्लामा खासै चिनजान गर्न नपाएका प्र.जि.अ अधिकारीले जिल्लाको बसाई राम्रो रहेको बताए ।

लकडाउनका कारण उनी कुनै पनि सार्वजनिक कार्यक्रममा नभएका कारण अन्य काम बाहेक घुमिल समेत हुन पाएका थिएनन् । छोटो समयमा नै जिल्लामा सुशासन कायम गरी जिल्लावासीको मनमा रहन सफल असधिकारी बिदावारी भएसंगै प्र.जि.अ अधिकारीको सरुवा भएको सँगै जिल्लाको जिम्मेवारी समाल्न अध्यागमन कार्यालय एयरपोर्टका प्रमुख सागर आर्चाय आउने भएका छन् ।

Show More

Related Articles

Back to top button