समाचार

जनप्रतिनिधि, कर्मचारी र पत्रकारले लगाए कोभिड खोप

तनहँुमा आईतबार देखि कोरोना विरुद्धको खोप लगाउन दोस्रो चरणको अभियान सुरु गरिएको छ । उक्त अभियान अन्तर्गत जिल्लाका जनप्रतिनिधि, निजामति कर्मचारी तथा पत्रकारलाई कोभिडविरुद्धको खोप कोभिसिल्ड लगाएका छन् । दमौली अस्पतालमा रहेको खोप केन्द्रमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, उप प्रमुख पवित्रा पौडेल तथा प्रजिअ सागर आचार्य, प्रहरी उपरिक्षक अरुण पौडेल, समन्वय अधिकारी प्रेमराज गिरी, समन्वय प्रवक्ता गलबहादुर गुरुङ, पत्रकार लगायतले शुरुवाती दिनमा खोप लगाएको स्वास्थ्य कार्यालय तनहँुले जानकारी दिएको छ ।

दोस्रो चरणको खोप अभियानमा तीन हजार भन्दा बढीलाई लगाईने लक्ष्य रहेको छ । अभियानको लागि दमौली अस्पताल,जिपि कोइराला उपचार केन्द्र र आँबुखैरेनी स्वास्थ्य केन्द्रमा खोप केन्द्र निर्धारण गरिएको छ । दमौलीको केन्द्रमा तीन दिनसम्म खोप खुल्ला गरिएको छ । जनप्रतिनिधिसँगै पत्रकार, निजामति सेवाका कर्मचारी, जनपद प्रहरी, स्थानीय तहका कर्मचारीहरु, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, प्राधिकरण र संस्थानका, न्याय सेवा समूहका कर्मचारीलगायतलाई खोप लगाउने योजना कार्यालयको छ । आँबुखैरेनीमा सोमबार र मंगलबार तथा जीपी कोईराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रमा सोमबार र मंगलबार खोप लगाउने कार्यक्रम छ ।

Show More

Related Articles

Back to top button