दमौली खबर संवाददाता
दमौली, असोज २४
व्यास नगरपालिका –५ पाटनमा आज देखि दोस्रो पाटन महोत्सव हुने भएको छ ।
असोज २४ गतेदेखि कात्तिक ४ गतेसम्म चल्ने महोत्सवको सबै तयारी पुरा भएको मुल समारोह समितिका अध्यक्ष अमर थापाले बताउनुभयो ।
महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरू रमेश प्रसाईं देखि कल्पना दाहाल आउने भएका छन् । महोत्सवमा असोज २५ गते संजिव सिंह राना , २६ गते राजु परियार , २७ गते प्रीति आले , २८ गते ज्योति मगर , २९ गते कर्णराज गिरि , ३० गते एलिना चौहान आउने तय भएको छ । यस्तै कात्तिक १ गते बिन्दु परियार , २ गते सुप्रिम मल्ल , ३ गते रमेश प्रसाईं र कल्पना दाहाल तथा ४ गते श्याम राना आउने महोत्सवका व्यवस्थापक अजित राइले जानकारी दिनुभयो । महोत्सव आयोजकले स्थानीय व्यवसायीहरू लाई लक्षित गरि स्टलमा ३० प्रतिशत छुटको व्यवस्था गरेको , कृषि क्षेत्रलाई प्राथमिकता दिन तथा दसैंको मुखैमा भएको महोत्सव भएकोले खसी बोकाको लागि स्टल छुट्टै राखिने व्यवस्था मिलाएको समेत व्यवस्थापक राइले जानकारी दिनुभयो ।
महोत्सव आयोजकले महोत्सव स्थल भित्र खुल्ला भलिबल प्रतियोगिता समेत आयोजना गरेको र प्रतियोगितामा प्रथम तथा द्धितिय हुने टिमलाई क्रमश ५० हजार र ३० हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । महोत्सवको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत प्रकाश आलेले उद्घाटन गर्नु हुने भएको छ ।



