सम्पादकीय

चैते दशै पर्वको संरक्षण गरौं

सम्पादकीय

आज चैते देशैंको अष्टमी परेको छ । भोली राम नवमी परेको छ । प्राय चैत महिना पर्ने यो चाड नेपालीहरुको विशेष महत्व रहेको छ । हाम्रो देशको संस्कृतिलाई जीवन्त राख्न चाड पर्वहरुको ठूलो महत्व हुन्छ । चाडपर्वले गर्दा भावानात्मक एकता ल्याउने मात्रै नभई संस्कार र परम्पराहरुलाई पर्वहरुले सुरक्षित राख्न टेवा पुग्दछ । नेपालमा रहेका विभिन्न चाडपवहरु मध्ये चैते दशैं पनि एक विशेष पर्व मानिन्छ । असोज र कात्तिकमा मनाई वडा दशैं पहिला यसै चैते देशैंको समयमा मनाईने विश्वास गरिन्छ । पुराना कथनहरुका अनुसार पहिले–पहिले मुख्य दशैं चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दशैंको गरिष्ठ भोजन अनि हिँडडूलले धेरैजना बिरामी परेपछी दशैंलाई वर्षको मध्यमा सारिएको मान्यता छ । यो चैते दशैं शरद ऋतुमा मनाइने बडा दशैंमा जस्तो बाहिरी उल्लास र चहल पहल नभए पनि समग्रमा उल्लासमय हुने गर्दछ । यस दिन दुर्गा भवानीको पूजाआजा गर्ने र खास गरेर अष्टमी तिथिको दिन आफन्तजनसँग बसेर सँगै खानपिन गर्ने र भगवान राम जन्मेको तिथि रामनवमी विशेष उल्लासकासाथ धार्मिक अनुष्ठानमा संलग्न भई विधिपूर्वका यो पर्व मनाउने गरिन्छ । चैते दशैंलाई कतिपय ठाँउमा सानो दशैं भन्ने चलन पनि छ । वास्तवमा दशैं भन्ने वित्तिकै दशमी भन्ने बुझिन्छ, तर फेरि नेपालमा दशैंको रौनक भने अष्टमीको दिन बली दिने कुराहरुमा केन्द्रित रहन्छ । चैतमा विपन्न परिवारमा धानको भकारी सकिने हुँदा पर्व मनाउन कठिन भएकोले यसलाई सारिएको भन्ने कुरा वैज्ञानिक पनि छ । वर्षायामको समयमा खेत नभएकाहरुले पनि पाखो बारीमा घैया धान उब्जनी गर्ने, मकै उत्पादन गर्ने भएकोले चाडपर्वमा सबै परिवार बसेर मनाउन सजिलो हुने भएकोले असोज तथा कात्तिकमा मनाउने दशैंलाई ठु्लो दशैं मानिएको भन्ने कुरा किम्बदन्ती छ । हुन पनि चैतमा समयमा बारीमा उब्जनी पनि हुँदैन, गर्मी पनि बढ्दै जाने भएकोले चाड मनाउन पनि कठिन हुन्छ त्यसल गर्दा पर्व समय सारिएको कुरा वैज्ञानिक मान्न सकिन्छ । पर्व जुन सुकै समयमा मनाउने भएपनि यसलाई संरक्षण गरी नेपाललाई सस्कृति तथा चाडपर्वको धनी मुलुक बनाउन हरेक पर्वको संरक्षण गरिनु आवश्यक छ ।

Show More

Related Articles

Back to top button