सम्पादकीयAll

रोट¥याक्टले जस्तै पर्यटन प्रवद्धनको काम गरौं

देशमा आएको आर्थिक मन्दीसँगै पर्यटन व्यवसाय संकटमा परेको छ । पृथ्वीराजमार्गको विस्तारको काम भईरहेकोले धेरै धुलो उड्ने र जाम समेत हुने भएकोले पर्यटकको चहलपलह आउन सकेको छैन । यस्तो समयमा रोट¥याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना तथा रोट¥याक्ट क्लब अफ दमौलीसहित अन्य रोट¥याक्ट क्लबको होस्ट र को–होस्टमाभएको दोस्रो पिएस मिट र पेट्स सेट्स कार्यक्रम तनहुँको दमौलीमा हुनु ठुलो कुरा हो । रोट¥याक्ट क्लब अफ दमौलीसहित रोट¥याक्ट क्लब अफ बज्र मनासलु, गोरखा र स्यम्बु भैसेपाटिले होस्ट गरेको उक्त कार्यक्रमकोरोट¥याक्ट क्लब अफ भिमाद, मणिग्राम, कान्तिपुर र बिरगंज मेट्रोपोलिसलेबीच कार्यक्रमको एकता भएकोले देशका धेरै स्थानका मानिसहरु दमौली आएकोले पनि यहाँको चिनारी फैलाउन टेवा पुगेको छ । आन्तरिक पर्यटन प्रवर्द्धन सहित दमौली र तनहुँका विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसार गर्न यस्ता कार्यक्रम कोशे ढुंगा सावित हुन्छ । उक्त कार्यक्रममा देशभरका करिब १८० रोट¥याक्ट क्लबका अध्यक्ष, सचिव र आगामी वर्षका अध्यक्ष र सचिव सहित अन्य सदस्यहरुको आवगमन भएकोले निकै महत्वपूर्ण छ । क्लबले व्यासगुफा अगाडी कलात्मक ढुंगेधारा निर्माण गरेर पुण्य कामका साथै पर्यटन प्रवद्धनमा टेवा दिएको छ । यस क्लबले जस्तै अन्यले पनि पर्यटन प्रबद्धनका यस्तै खालका कार्यक्रम गर्न आवश्यक छ । यस्ता कार्यक्रम पर्यटन व्यवसायीलाई हौंसला प्रदान हुन्छ ।

Show More

Related Articles

Back to top button