मनोरन्जनव्याससमाचार

चैते दशैंमा कालिका मन्दिरको उद्घाटन

दमौली खबर संवाददाता

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व मंगलबार नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाईएको छ । चैते दशैँ पर्वका अवसरमा बिहानैदेखि जिल्लाका शक्तिपीठमा भक्तजनको भीड लागेको थियो । विगत वर्ष जस्तै यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले पाँच जनाभन्दा बढी उपस्थित नहुन आदेश जारी गरेपनि भक्तजनको ठूलो मात्रमा भिड लागेको थियो । चैत दशैंको अवसरमा व्यास ४ मा रहेको कालिका मन्दिर, व्यास ६ मा रहेको गलेखाम कोट लगायत शक्तिपीठमा पूजा पाठ गरिएको छ । चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ।

यसैबीच व्यास नगरपालिका–४ स्थित शान्ति पार्कभित्र निर्माण सम्पन्न भएको तनहुँ कालिका मन्दिरको उद्घाटन गरिएको छ । एक सय नयाँ पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत शान्ति पार्कभित्र मल्लकालिन प्यागोडा शैलीको मन्दिर रु तीन करोड लागतमा निर्माण भएको थियो । सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले मन्दिरको उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले मन्दिरको उद्घाटन भएपनि मन्दिर क्षेत्रमा थप पूर्वाधार निर्माणको खाँचो रहेको बताए । उनले संघ सरकारको तर्फबाट रकम विनियोजन गर्ने समेत बताए । गण्डकी प्रदेश सांसद रामबहादुर गुरुङले धार्मिक पर्यटक तान्न उक्त मन्दिरले थप सहयोग पुग्ने बताए । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले मन्दिर सञ्चालनको जिम्मा स्थानिय पालिकाले लिनुपर्ने धारणा व्यक्त गरे । तनहुँ उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले मन्दिरलाई धार्मिक पर्यटन विकासमा रुपमा अगाडी बढाउनु पर्ने बताए । तीन तले र ५५ फिट उचाईको मन्दिरमा मन्दिरमा ९ फिट उचाईको गजुर राखिएको छ । यसैबीच व्यास ४ सिमलटारमा रहेको जानकी आमा समुहले मन्दिरको लागि ११ हजार एक सय ११ रुपैया सहयोग गरेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button