समाचार

लमजुङ र तनहुँका पत्रकारका लागी दुई दिने मानव अधिकर तालिम

लमजुङ सदरमुकाम वेशिसहरमा पत्रकारका लागी मानव अधिकार तालिम प्रदान गरिएको छ ।

  राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा नेपाल पत्रकार महांसघ जिल्ला शाखा लमजुङको समन्वयमा लमजुङ र तनहुँ जिल्लाका पत्रकारहरुका लागी दुई दिने मानव अधिकार सम्वन्धि तालिम प्रदान गरिएको हो । तालिममा तनहुँ जिल्ला र लमजुङ जिल्लाका रेडियो, पत्रपत्रिका, अनलाईन लगायत विभिन्न स्थनिय तथा  राष्ट्रिय सञ्चार माध्यममा आवद्ध भएका पत्रकारहरुको सहभागीत  गरेको थियो । सवैका लागी मानव अधिकार शान्ति र विकासका आधार भन्ने नारा सहित मावन अधिकारको संरक्षण , प्रवन्धर्न तथा समानता कायम गरी  अपराध नियन्त्रण तथा सचेतना जगाउनका लागी पत्रकारहरुका लागी तालिम प्रदान गरिएको हो  ।

शुक्रवार र शनिवार गरि दुई दिने सञ्चालन भएको तालिममा राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश प्रमुख चन्द्र कान्त चापागाईले मानव अधिकार र राज्यको दायित्व, मानव अधिकारको सिद्धात र अवधारणा सँगै मावन अधिकार सम्वन्धि पाँचौ राष्ट्रिय कार्ययोजनावारे जानकारी गराउनुभएको थियो । यस्तै राष्ट्रिय मानव अधिकार आयोग समन्वय महाशाखाका प्रमुख रमेश कुमार थापाले मान अधिकार सम्वन्धि प्रमुख अन्तराष्ट्रिय महासन्धीहरु र राष्ट्रिय स्तरमा मावनको विकासक्रम, र आयोगका मानव अधिकार अधिकृत टंक प्रसाद खनालले मानव अधिकार रक्षाको अवस्था, भुमिका र चुनौतिवारे जानकारी गराउनुभएको थियो । सोही अवसरमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले मावन अधिकार सम्वन्धि जिल्लागत गतिविधि सँगै शुसानवारे जानकारी गराउनुभएको थियो ।

त्यस्तै इन्सेक लमजुङका प्रतिनिधी दल वहादुर मजाकोटीले जिल्लाका मानव अधिकार सम्वन्धि कार्य तथा हुने गरेका घटनावारे जानकारी र नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष आश गुरुङले महासंघका गतिविधि तथा मानव अधिकारको संरक्षणमा पत्रकारको भुमिका तथा दायित्व लगायतका विषयमा आफ्नो भनाई राख्नुभएको थियो । तालिम समापन भएसगै तालिममा सहभागी पत्रकारहरुलाई पत्र प्रदान गरिएको छ ।

Show More

Related Articles

Back to top button