हेडलाईनगण्डकी प्रदेशAllपत्रपत्रिकाबाट

गिरिजाले गोविन्दराज जोशी र खुमबहादुर खड्काको हत्या गर्न लगाए, तर सफल भएन

गिरिजाले गोविन्दराज जोशी र खुमबहादुर खड्काको हत्या गर्न लगाए, तर सफल भएन

भनिन्छ, राजनीतिमा स्थाई शत्रु र मित्र हुँदैन | कुनै समय गिरिजा प्रसाद् कोइराला निकट मानिने गोविन्दराज जोशी र खुमबहादुर खड्काको हत्या गर्ने सड्यन्त्रमा गिरिजा आफैं सक्रिय रहे । बीपी कोइरालाबाट नेपाली कांग्रेसको
गोविन्दराज जोशी वि.सं. २०२१ सालमा बङ्गलादेशको जस्तै शेख मुजिबुर बाहिनी को मोडेलमा बीपीले घोषणा गरेको सशस्त्र क्रान्तिको तनहुँ तनहुँ जिल्ला ब्यवस्थापन गर्ने जिम्मा लिएका कार्यकर्ता हुन् । वि.सं. २०४६ पनि उनी गिरिजा कोइरालाको सारथिका रूपमा नेतृत्वकारी भूमिकामा देखा परे । २०४८ को गिरिजाको मन्त्रीमण्डलमा तनहुँबाट विजयी जोशी शिक्षामन्त्री बने ।३४५
उन्कै निवासमा गरेका वार्तालापमा जोशिले आफ्ना बाबु पद्म शंकर जोशी २०१८ सालमा गिरप्तार परेर पोखरा, तनहुँ र लम्जुङ को टक्साश मा जेल परे र बाबु हिरासतमा परेपछि काठमाडौँ दरबार हाईस्कुलको पढाइ छोडेर लमजुङको कुन्सामा अध्ययन गर्न पुगे । वि.सं. २०२१ मा एसएलसी पास गरेर काठमाडौँ फर्किनासाथ काङ्रेस निकट छात्र संघमा आबद्ध भए । तत्पश्चात् उनको सम्बन्ध गणेशमान, बीपी, कृष्णप्रसाद, गिरिजासँग भयो ।३४६ वि.सं. २०४६ सालपछि जब कांग्रेस सत्तामा आयो । कांग्रेसभित्रको शक्ति संघर्षमा गिरिजासँग रह्यो । त्यो समयमा (के.जी.वी.) खुमबहादुर, गोविन्दराज र विजय गच्छेदार कोइरालाका शक्ति थिए । जोशीकै कारण गिरिजाले गणेशमान, कृष्णप्रसाद भट्टराईलाई किनारा लगाउन सफल भएका थिए भने खुमबहादुर खड्का पनि त्यस्तै सारथि थिए । कुनै दिन गिरिजाले आफ्नो हत्या नै गर्लान् भन्ने त्यो समयमा यिनीहरूलाई थाहा हुने कुरै भएन ।

सुरुका दिनमा जोशी र खड्काको गिरिजाप्रसाद कोइरालाप्रति पूर्णरूपमा भरोसा थियो । वि.सं. २०५१ सालको उपनिर्वाचनमा कृष्णप्रसाद भट्टराईले दबाब दिएपछि तनहुँको निर्वाचन क्षेत्र परिवर्तन गरे । रामचन्द्रको क्षेत्रमा जोशिले निर्वाचन लड्न नमानेपछि नोना कोइरालालाई साक्षी राखेर गिरिजाले म पछी को तपाईं उत्तराधिकारी भने । तत्पश्चात् उनी निर्वाचनमा भाग लिए र जिते | पार्टीको सहमहामन्त्री र मन्त्री बने ।३४७ यहाँसम्म आहिपुग्दा कोइराला का लागि खड्का र जोशीको औचित्य समाप्त भएको थियो । २०३३ साल पौष १६ गते कथित राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी नेपाल फर्किने क्रममा बिपी सँग साथै आएका पात्र हुन खुमबहादुर खड्का । उनी संगठनमा पकड् भएका हुनाले पार्टी अध्यक्ष नै बन्न सक्ने हैसियत राख्दथे । प्रजातन्त्र को नक्कली मुकुन्डो ओढेर पारिवारिक शासन चलाउने कोइराालहरूको परम्पराअनुसार नोना कोइरालाले छोरा शेखरलाई र गिरिजाले छोरी सुजातालाई अगाडि सार्ने निष्कर चरणमा गिरिजाले भाञ्जी शैलजा आचार्यलाई समाप्त नगर्दासम्म सुजाता स्थापित नहुने भएपछि स्लो प्वाइजन दिएर हत्या गराए भनिन्छ ।३४८ तत्पश्चात् जोशी र खड्काको राजनीतिमा हत्या गर्न गिरिजा र सुशील कोइराला लागे । यस्तो बानी उनीहरूले आफ्नै दाजु बीपी कोइरालाबाट सिकेका थिए । टङ्कप्रसाद आचर्य् सूर्यप्रसाद उपाध्यायलाई बीपीले यसरी नै राजनीतिक षड्यन्त्र गरेको गिरिजाले नजिकबाट देखेका थिए । गिरिजाकै सरकार रहेको अवस्थामा माओवादीले पहिलो सदरमुकाम हमलाको रूपमा डोल्पाको दुनैमा आक्रमण गर्यो । यो वि.सं. २०५७ सालको घटना हो । त्यति बेला गोविन्दराज जोशी गृहमन्त्री थिए । दुनै हमलामा सेनाको संलग्नताको जोशीले पर्दाफास गरिदिए । यसबाट माओवादी हिंसा चलाउने सहयोग गर्ने दरबार र सेनाभित्रको क्रिश्चियन गिरोह जोशीसँग रिसाएको थियो । कोइरालाले आफ्नो गृहमन्त्रीको रक्षा गर्नुपर्नेमा राजिनामा मागे । दुनै घटनाको सन्दर्भमा तत्कालीन राजदरबारमा सैनिक सचिव विवेक शाहले यसरी लेखेका छन्”दुवै घटनाको सन्दर्भमा सञ्चार माध्यमले व्यापक समाचार दिएका छन् । सरकारा पक्षबाट आफ्नो कमीकमजोरी ढाकछोप गरिएको छ । दुनै घटनाको छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेको छ । त्यसमा सेनाको प्रतिनिधित्व छैन | दुनै घटनाको जाहेरीका क्रममा सरकारबाट मलाई हुकुम भयो, मन्त्रीहरूल सेनाका विरुद्ध जथाभावी र आक्रमक रूपमा बोलिरहेको अवस्था छ । प्रधानमन्त्र स्वोयम् रक्षामन्त्री भएकाले सेनाको बचाउमा लाग्ने कि नलाग्ने ? कुराहरु विचारणिय छ | यदि रक्षामन्त्रीले कुनै कदम नचाल्ने हो भने सेनाले पनि आफ्नै प्रयासमा वक्तव्य निकाले के हुन्छ ? यसबारे समेत बिचार गर्नु पर्दछ | दुनै जस्तो घटना घट्नु कस्को जिम्मेवारी छ ? सबै सुरक्षा नीकायले छलफल गरी कमजोरी पत्ता लगायी पाठ सिक्नुपर्दछ । यसै बेला सरकार नागार्जुन बङला राज हुनु हुन्थ्यो | दुनै घटनालाई लिएर प्रधानमन्त्री गिरिजा नागार्जुन आउनुभयो । सरकारसँग ब्रिहत छल फल पछी प्रधानमन्त्रीले गृह मन्त्री, गृह सचिब र प्रहरी सचिव र प्रहरी महानिरीक्षकलाई कारवाहि गर्ने बिचार गर्नु भएको छ | खासगरी सुरक्षा अवस्थालाई मजबुत बनाउन समयमै घटनाबारे सूचना प्राप्त गर्न तथा कर्वाही गर्न नसकेको भन्दै उहाँ गृहमनत्री, गृहसचिव र प्रहरी महानिरीक्षकको रजिनामा माग्ने मनस्थितिमा पुग्नुभएको देखिन्छ । मुलुकमा त्यत्रो घटना हुँदा नि कोही त त्यसको जिम्मेवार हुनैपर्छ । त्यसैले त्यसको नैतिक जिम्मेवारी उनीहरूको हो भन्ने प्रधानमन्त्रीले सरकारमा जाहेर गर्नुभएको रहेछ । च्यसै बेला संयोगवश उहाँहरू तीनै जनाले सेना र दरबारको पनि आलोचना गर्नुभएको छ ।
स्वाभाविक रूपमा यो कुरा दरबार र सेनालाई पनि मनपर्ने विषय थिएन । उहाँहरू तीनै जनालाई कारबाही गर्नुपर्छ भन्ने सेनाको दबाब पनि आएको होइन ।”३४९

गोविन्दराज जोशी र खुमबहादुर खड्काको मुद्दा गिरिजाले आफैं पुनरावेदन गर्न लगाएः

२०६२/०६३ को आन्दोलनपछि सबै राजनीतिक मुद्दा फिर्ता गर्ने निर्णय भयो। माओवादी आतङ्ककारीहरूका मुद्दा फिर्ता भए । गिरिजाको आफ्नै मुद्दा पनि फिर्ता गराय् | त्यो अवस्थामा खुमबहादुर र गोविन्दराजको मुद्दा फिर्ता नगरी कायम नै राखियो | गिरिजाप्रसाद कोइरालाले तत्कालीन अख्तियार प्रमुख इन्द्रमानलाई बोलाएर जोशी र खड्काको मुद्दालाई सर्वोच्च अदालतमा पुनरावेदनका लागि दर्ता गर्ने निर्देसन दिए ।विशेष अदालतबाट सफाइ पाएको मुद्दा गिरिजाको पहल र निर्देशनमा पुनरावेदन गरियो । खडका र जोशी कोइरालाहरूको वंशवादी राजनीति मा बाधक बन्ने देखिएपछि कांग्रेसको एघारौं र तेहौँ महाधिवेशनमा कोइरालाहरु कै प्यानलबाटै बाहिरिए ।

२०६४ सालको संविधासभा निर्वाचनमा गोविन्दराज जोशी तनहुँ र खुमबहादुर दाङमा चुनाव लडे । निर्वाचनका क्रममा तत्कालीन गहमन्त्री कष्णप्रसाद सिटौला तनहुँ को निरीक्षणमा
गए । निरीक्षणका क्रममा उनी जोशीको निवासमा
गए । गृहमन्त्री सिटौलालाई गिरिजाप्रसाद कोइरालाले खटाएका थिए | जब गृहमन्त्री सिटौला तनहुँबाट हिँडे, स्थानीय प्रशासनको कार्यशैलीमा परिवर्तन देखिन थाल्यो । गिरिजाको सल्लाहमा सिटौलाले माओवादीमार्फत भिडन्त गरायेर जोशिको हत्या गराउने योजना बनाएर फर्किए । माओवादीमा उत्साह थपियो | माओवादीका सुरेश आलेमगर जोशीका प्रतिस्पर्धी थिए । दरबार हत्याकाण्डको २०५८ जेठ १९ को समयका प्रधानसेनापति प्रज्वलशमशेर जबराका बहिनी ज्वाँई सदीपबहादुर शाहको घरमा माओवादी नेता सुरेश आलेमगरसहितका अन्य नेताहरु आउने जाने गर्दथे ।३५२ उनलाई जिताउन गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई गिरिजाले पठाउनु र जोशीको हत्या गर्ने षड्यन्त्रभित्र गिरिजाको सेनासँग कहिलेकाही ताल थियो भन्ने सहजै अन्दाज गर्न सकिन्छ।

यता रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रमा भने पूर्णरूपमा सरकार र माओवादीका पनि सहयोग थियो । तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईले राम चन्द्र पौडेल विपक्षी भए पनि राम्रो उम्मेदवार भनेर प्रशंसा गरे । स्मरण रहोस, २०५० जेठ १९ को दरबार हत्याकाण्डमा हत्याको ५ मिनेटपछि दीपेन्द्रले गराएको भनेर प्रतिक्रिया दिने पौडेल हुन् भने नयाँ कोतपर्वलाई मान्यता दिनुहुँदैन भनेर अर्को दिन कान्तिपुरमा गणेश चितौरेमार्फत लेख पठाउने बाबुराम भट्टराई हुन् । दुवै दरबार हत्याकाण्डमा सामेल बाहिरी पात्र थिए । चुनाव प्रचारप्रसारका क्रममा तनहुँको थुर्मसेमा गोविन्दराज जोशीविरुद्ध कालो झण्डा माओवादीले प्रदर्शन गर्ने जानकारी जोशीलाई प्रशासकले दियो । तर माओवादीहरू जोशीको हत्या गर्ने उद्देश्यका साथ हतियार सहित उत्रिए ।३५३ जोशीको घर र गाउँमा माओवादीले हमला गरे । निर्वाचनको अघिल्लो दिन तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवालले गोविन्दराज जोशीलाई फोन गरेर भने- “मैले खुमबहादुर मन्त्रीजीलाई सम्पर्क गर्न प्रयत्न गरे उहाँसँग सम्पर्क हुन सकेन । कटवालले राति ८:०० बजे फोन गरेका थिए । कटवालले जोशीलाई भने– “तपाईंले खुमबहादुर मन्त्रीजीलाई भनिदिनुहोला, तपाईं र खुमबहादुरज्यूको हत्या गर्न काठमाडौँबाट सुटरहरू हिँडेका छन् । म तपाईंहरूको रक्षा गर्न नसक्ने अवस्थामा छु । मैले बचाउन सक्दिनँ । तपाईंहरूले आफ्नो सुरक्षा आफै गर्नुहोला । यो सूचना खुमबहादुर मन्त्रीजीलाई पनि दिनुहोला ।” म तपाईंहरूको पक्षमा केही गर्न नसक्ने अवस्थामा छु भन्दै टेलिफोन राखे ।३५४
तत्पस्यात गोविन्द राज जोशिले खुम बहादुर खड्का सँग सम्पर्क गरे । प्रधानसेनापति कटवाले दिएको सुचना भने | दाङको सतवरियामा गिरिजाको निर्देशन र कृष्णप्रसाद सिटौला र माओवादी को मिले मतो मा दाङ को सतवरिया मा खुम बहादुर खड्का माथि आक्रमन गरियो | खुम बहादुर ले ठुलो प्रतिरोध गरे जहाँ १२ जना माओवादीहरु मारिए | खुमबहादुर खड्काले निर्वाचन हापेर दिल्ली गये |
पछी बातावरण सहज् भएपची फर्किए ।३५५ यता तनहुँको दमौलीमा मा हुन लागेपछि गोविन्दराज जोशीले स्थानीय
। पछि वातावरण सहज भएपछि फर्किए ।३५५ यता,
तनहुँको दमौली मा अपरचित मानिसको जम्मा हुन लागे पछि गोविन्द राज जोशिले प्रशासनसँग सहयोग मागे | चुनावको दिन जब जोशी घाशि कुवा गये उनी सँग
प्रहरी स्कर्टिङले योभन्दा अगाडि जान नदिने आदेश छ भनी रोक्यो । निर्वाचन बुथहरु कब्जा गरेर माओवादी उम्मेदवार सुरेश आलेमगरलाई जिताइयो।

एसरी जोशीलाई हराइयो । गोविन्दराज जोशीले तत्कालीन प्रधानमन्त्री कोइरालासँग टेलिफोन सम्पर्क गर्न खोज्दा कोइराला सम्पर्कमा आएन । गोविन्दराज जोशीको परिवारमाथि आक्रमण प्रयत्न भएपछि परिवारलाई जोशीले काठमाडौँ पठाए । चलाख जोशीले प्रशासनलाई ४ बजे काठमाडौँ फर्कने जानकारी दिए । त्यसपछि जोशी पोखरा गएर २ बजेको प्लेन चढेर काठमाडौँ फर्किए । यसरी नछलेको भए उनको बाटोमै हत्या हुने रहेछ । प्रशासनले ४ बजे फर्कने खबर गृहमन्त्री सिटौलालाई दियो । सिटौलाले गिरिजालाई दिए । बाटोमा जोशी फर्कने ४ बजेको समय पर्खेर सुटर र माओवादीहरू जोशीको हत्या गर्न बाटो ढुकेका थिए । तर उनले २ बजे पोखरा पुगेर अर्के मार्ग (प्लेन) मार्फत फर्केकाले गिरिजाको जोशीको हत्या गर्ने योजना असफल भयो ।३५६

अन्ततः बीपी कोइरालाबाट प्रभावित भएर बीपीको हातबाट नेपाली कांग्रेसको सदस्यता लिएका गोविन्दराज जोशीको गिरिजाले भौतिक हत्या गर्न नसकेपछि बीपीकै छोरा डा. शशाङ्क कोइराला महामन्त्री रहेको अवस्थामा कांग्रेसको
धारण सदस्यताबाट निष्कासन गरिए । यसरी घटनाको वृत्तचक्र निर्माण भो |
राजदरबारका तत्कालीन सैनिक सचिव विवेक शाहले जोशीका बारेमा एसरी लख्छन्- “शेरबहादरजी बेलायतबाट फर्केलगत्तै राजिनामा मागिएको रहेछ |
। त्यो बेला थाहा पाएको भए केही गर्न सकिन्थ्यो । म जुनसुकै
हालतमा चुनाव गराउने पक्षमा थिएँ । तर अब जेल पर्ने भयियो | शायद दशैभर थुन्छ होला । यो बेला कांग्रेस नेता गोविन्दराज जोशी भने दङ पर्नु भ्एको रिपोर्ट गुप्तचर् बाट आएको छ । उहाँले आफ्ना कार्यकर्ता सँग हाँस्दै शेर बहादुर र खुमबहादुरले आफूलाई अजम्मरी भन्ने गर्दथे । यो हालत भयो भन्नुभएको रहेछ । तर उहाँले आफैलाई पनि पत्र काटिंदै छ भने अनुमान सम्म पनि गर्नुभएको छैन होला ।३५७
विवेक शाहलाई जोशीलाई कारवाहि हुँदै छ भने जानकारी पहिला नै कसरी जानकारी भयो ? यसरी गिरिजा माओवादी र सेनासँग पूर्व नियोजित षड्यन्त्रमार्फत खड्का र जोशीको हत्या गर्नसम्म उत्रिए । कोइरालाहरू कति उपयोगितावादी छन् र प्रयोग गरेपनि बाधक देख्नासाथ कतिसम्म क्रुर अपराध गर्न उद्यत रहन्छन् भन्ने कुरा गिरिजाल जोशी र खड्काको हत्या गर्न रचेको घिनलाग्दो षड्यन्त्रबाट पनि पुष्टि हुन्छ ।

बीपी कोइरालाबाटै गिरिजाले यस्ता षड्यन्त्रहरू सिकेका थिए । टङ्कप्रसादलाई समाप्त गर्न वि.सं. २००७ साल अघि र पछि खेलेको भूमिका, सूर्यप्रसाद उपाध्यायलाई वि.सं. २०१५ सालको चुनाव हराउन खेलेको भूमिका, डिल्लीरमण रेग्मीलाई किनारा लगाउन गरेका बीपीका षड्यन्त्रहरू गिरिजाले नजिकबाट अनुभव गरेका थिए । बीपीको त्यही नीति उनले गणेशमान, कृष्णप्रसाद भट्टराई, खुमबहादुर खड्कादेखि गोविन्दराज जोशीसम्मलाई प्रयोग गरे। गिरिजाले आफ्ना दाजु बीपीबाट लिएको शिक्षा पनि यही हो । ‘रअ’को योजनामा गिरिजासँगै वि.सं. २०३० जेष्ठ २८ गते नेपाल एयरलाइन्सको जहाज अपहरण गर्नेमध्येका अर्का पात्र दुर्गा सुवेदी हुन् । बङ्गलादेशमा मुजिव बाहिनी जस्तै नेपालमा ‘रअ’को योजनामा कांग्रेसद्वारा घटाइएको तत्कालीन ओखलढुङ्गा काण्डमा क्षति भयो । यो घटनामा सरकार सफल नभएको भए पूर्वी पाकिस्तानको अवस्थामा लैजाने बीपीको योजना थियो । दुगा सुवेदी लेख्छन्- “ओखलढुङ्गा घटनामा क्षति भयो । राम, लक्ष्मण मारिए । मैले सैन्य तालिम नलिएका उनीहरूलाई नपठाऊँ भनेको थिएँ । बीपीले आफ्नै जिद्दीले गएका हुन् भने । मैले भने सुजाता, शशाङ्क, शेखर यहाँ पढदै छन् । राम, लक्ष्मण मारिए । बीपीले क्रान्तिमा यस्तो हुन्छ । मैले भनें, त्यसो भए गिरिजा, सुशील र
तपाईंहरूका सन्तान नजाने, हामी मर्नुपर्ने ?”३५८ उनी अगाडि भन्छन्- “एक दिन बीपीले मलाई थप्पड हाने । त्यो दिन गिरिजा, वसन्त र विनोदको बैठक बसिरहका रहेछ |

उनिहरुको मलाई मार्ने योजना रहेछ ।३५९ ओखलढुङ्गा काण्डमा खटिएका कार्यकर्ता ढकबहादुरलाई षड्यन्त्रपूर्वक मारिदिएका थिए । उनलाई मार्नुभन्दा पहिला अनुशासनको कारबाही गरियो । पछि उनको लास नेपाल भारत सिमानामा भेटियो ।३६० मेरो त्यस्तै अवस्था थियो ।” यसरी हेर्दा गिरिजाले खुमबहादुर र गोविन्दराजको हत्या गर्न खोज्नु नयाँ कुरा होइन रहेछ । ‘रअ’को प्लेन अपहरण गरेर लुटेको पैसाको हिसाबकिताब खोज्न थालेपछि लुटेरामध्येका दुर्गा सुवेदीको हत्या त्यति बेला गिरिजाले गर्न खोजेका रहेछन् । सुवेदी लेख्छन्– “बीपी २०३३ पौष १६ मा नेपाल फर्किएपछि मैले फारवेसगन्जबाट नयाँ नेपाल पुकार पाक्षिक बुलेटिन प्रकाशित गर्न लागे । यो पत्रिका सुरु गरेपछि गिरिजाको निर्देशनमा वि.सं. २०३६ साल फागुन १० गते बिहान १० बजे जोगवनी रेल्वे स्टेशनको पत्रिका पसलमा वसन्त भट्टराई, उमेश गिरीले म (दुर्गा सुवेदी) माथि साङ्घातिक आक्रमण गरे ।”३६१ यसरी ‘रअ’का निर्देशक रामेश्वरनाथ काओको सल्लाहमा जहाज अपहरण गरेर तत्कालीन ३० लाख भारु लुट्नेमा दुर्गा सुवेदी पनि थिए । जब सुवेदीले हिसाबकिताब खोज्न थाले उनी कोइरालाको निशानामा परे । त्यस्तै संगठनमा राम्रो पकड भएका खुमबहादुर र गोविन्दराज जोशीको प्रयोग सकिएपछि गिरिजाले हत्या गर्न खोजे | यसरी गिरिजाप्रसाद कोइरालाको इतिहासको एउटा वृत्तचक्र पूरा हुन्छ।

३५१ जोशी: २०७८।१०।८ ३१२ चिनियाँ बहादुर बस्न्यातः सिपाहीको जिन्दगी, प. २४९ ।। ३५३ जोशीसँगको कुराकानी, २०७८।१०८

३४९ बिबेक शाह : महिले देखेको दरबार, पेज १५६ । २०५७ असोज १० गते मङ्गलबार ।

३५० जोशी : वि.सं. २०७८1१०12 कराकानीमा आधारित ।

बीपी, बाइबल र कांग्रेस | १३९

३४७ जोशी…
३४८ अर्जुन ज्ञवाली/पेशलकमार निरौला बाइबल र माओवाद, प…प्रकाशक: स्वदेश प्रकार
काठमाडौँ।

२०५ गोविन्दराज जोशीसँग कराकानीमा आधारित वि.सं. २०७८/ १०/ ०८
३४६ जोशी: ०७८/१०/८ ।
बीपी, बाइबल र कांग्रेस | १३७

Show More

Related Articles

Back to top button