Uncategorizedजीवनशैली

कोरोनाको मार, छैन व्यापार

श्यामलाल परियार ४४ बर्षका भए । काम गर्न सक्ने भएदेखी उनले सिलाई कटाई गदै आए । यहि पेशाबाट उनको परिवारको गुजारा चलेको थियो । चाडपर्व, विद्यालय तथा कलेजको नयाँ शैक्षिक सत्र सुरु हुने बेलामा उनलाई भ्याईनभ्याई हुन्थो । उनि मात्र होईन उनकी श्रीमती मञ्जू पनि त्यस्तै व्यस्त । तर अहिले दुवै जना फुर्सदीला छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९ ) को जोखिम बढेपछि चैतदेखी शैक्षिक संस्था बन्द भए । अझैसम्म नयाँ शैक्षिक सत्र सुरु हुने टुंगो छैन् ।

कोरोनाकै कारण चाडपर्वको रौनक छैन् । यसको मार श्यामलालको पेशामा परेको छ । उनको आम्दानीको मुख्य स्रोत बनिरहेको टेलरिङ व्यवसाय धरापमा परेको छ । यतिबेला उनलाई दैनिक गुजारा चलाउन धौँधौ छ । आम्दानी नभएपछि कोरोनाको प्रभाव चलिरहेपनि भारत पस्ने सुर कसेको उनी बताँछन् । उनी भन्छन्, ‘टेलरमा ग्राहक आउनै छाडे । आम्दानी नभएपछि कसरी परिवार पाल्ने । तनाव भएको छ ।’

टेलर सञ्चालनका लागी लिएको सटर र कोठाको भाडा तिर्न पनि नसकेको उनले सुनाए । उनले कोरोना फैलनुपुर्व महिनाको ४० हजार रुपैयाँसम्म कमाएको बताए । ‘आजभोली त ग्राकहको पखाईमा दिन बित्छ’, उनले भने । उनले थपे,‘ अहिले दिनमा बोहोनी हुन पनि मुस्किल हुन्छ, कसरी घर चलाउने चार जनाको परिवार कसरी पाल्ने । ’ कोरोनाको मारले गर्दा व्यवासय बाट विस्थापित हुन लागेको उनका श्रीमती मञ्जुले बताईन् । उनले भने, ‘ घरको मुख्य आयस्रोत नै यहि पेशा थियो ्, अहिले घर चलाउन धौधौ भएको छ । ’ उनले अगाडी थपिन्, ‘ विद्यालय खुलेपछि छोराहरुलाई कसरी पढाउने आफु सँग एक रुपैया पनि छैन । ’

Show More

Related Articles

Back to top button