Uncategorized

धारिलो हतियार प्रहार गरी फरार दुई जना पक्राउ

दमौली खबर सम्बाददाता
चैत ८ , दमौली ।

धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेका आरोपी दुई जनालाई तनहँु प्रहरी पक्राउ गरेको छ। पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–४ बस्ने रवि लामा (जिरे) र शुक्लागण्डकी–१२ का भक्तबहादुर गुरुङ (संगम) रहेको ईलाका प्रहरी कार्यालय बेलचौतराले जानकारी दिएको छ । होलीको दिन दुलेगौँडाको यूनिक चोकमा शुक्लागण्डकी–४ दुलेगौँडाका सुमित श्रेष्ठलाई धारिलो हतियार प्रहार गरी घाइते बनाई तीन जना आरोपी फरार रहेका थिए । फरार रहेका मध्ये मुख्य आरोपी दुई जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए । उनका अनुसार आरोपी तीन जना मध्ये सुक्मित राना फरार रहेको बताए । उनको खोजी कार्य जारी रहेको रेग्मीले बताए।सीसी टिभी क्यामेराको सहायताले घटनाको अनुसन्धानमा गरिएको उनले बताए । घाईते भनिएको श्रेष्ठको टाउकोमा चोट लागेको थियो । उनको पोखरास्थित फेवासिटी हस्पिटलमा उपचाररत छन्।

Show More

Related Articles

Back to top button