हेडलाईनसमाचारव्यासगण्डकी प्रदेशपत्रपत्रिकाबाट

एमाले तनहु“ले सर्वसम्मत रुपमै नेतृत्व चयन गर्ने

दमौली खबर संवाददाता
। नेकपा एमाले तनहुँले सर्वसम्मत रुपमै नेतृत्व चयन गर्ने जनाएको छ । जिल्ला कमिटी तनहुँद्धारा मङ्गलबार दमौलीमा पत्रकार सम्मेलन गरी सर्वसम्मत रुपमै नेतृत्व चयन गरिने दाबी गरिएको हो ।
वडा तथा पालिका स्तरमा सर्वसम्मत रुपमै नेतृत्व चयन गरे जसरी नै जिल्ला कमिटी पनि मतदान गर्नु पर्ने अवस्था नआउने एमाले तनहुँका अध्यक्ष केदार सिग्देलले दाबी गर्नुभयो । ‘‘८५ वटा वडा मध्ये ८४ वडा एवं १० वटै पालिकामा सर्वसम्मत रुपम चयन गरे जसरी जिल्ला कमिटी पनि सर्वसम्मत नै चयन हुन्छ मतदान गर्नुपर्दैन’’ अध्यक्ष सिग्देलले भन्नुभयो ।
नेतृत्व लिनको लागि एक दर्जन बढी आकांक्षी रहेपनि उनिहरुबीच छलफल गराएर निष्पक्ष रुपमा मूल्याङ्कन गरी पार्टीमा बढी योगदान दिएको व्यक्ति छनोट गरिने उहाँले बताउनुभयो । साथै अध्यक्ष सिग्देलले आपूmले दुई कार्यकाल अध्यक्ष तथा उपाध्यक्ष जिम्मेवारी निर्वाह गरिसकेकाले पुनः दो¥होराउने चाहाना नभएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । जिल्ला अधिवेशनको लागि ६ हजार १०७ जना क्रियाशिल सदस्यबाट प्रत्येक वडाबाट गरी सर्वसम्मत ५२५ जना प्रतिनिधी चयन भएको जिल्ला कमिटीका कार्यबाहक सचिव विष्णुभक्त सिग्देलले जानकारी दिनुभयो ।
हालको कार्य समिति ८० सदस्यीय रहेपनि नवौं अधिवेशनले १०५ सदस्यि कार्य समिति चयन हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । अपाङ्ग, अल्पसङ्ख्यक, दलित, महिला प्रतिनिधित्व सूनिश्चित गरिएको सो अवसरमा बताईएकाे थियो ।
चुनावी तयारीको जानकारी दिने उद्धेश्यले पत्रकार सम्मेलन गरिएको अध्यक्ष सिग्देलले बताउनुभयो । एमाले तनहुँको नवौँ जिल्ला अधिवेशनका लागि तनहुँका सबै वडाबाट प्रतिनिधि छनोट भएसँगै चुनावको सरगर्मी बढेको छ । सहमतीमै प्रतिनिधी छनोट भएको एमाले तनहुँले जनाएको छ । अधिवेशनबाट अध्यक्ष, पदाधिकारी तथा सदस्य बन्नको लागि तयारी थालिसके पनि उम्मेद्वारी भने घोषणा गरेका छैनन् ।

Show More

Related Articles

Back to top button