समाचारकोरोनाभाइरसस्वास्थ्य

उकालो लाग्दै कोराना सङ्क्रमण दर

दमौली खबर संवाददाता
तनहँुमा पछिल्लो समय गरिएका पीसीआर परीक्षणहरुले जिल्लामा कोरोनाको अवस्था बढ्दै रहेको देखाएको छ । हाल जिल्लामा ५९ जना सक्रिय सङ्क्रमित रहेका छन् । जिल्लाको १० वटै स्थानिय तह मध्ये व्यासमा सबै भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् भने बन्दिपूर र आँबुखैरेनीमा शुन्य रहेको छ । व्यासमा १८, शुक्लागण्डकीमा १६, भिमादमा १५,घिरिङमा ५, देवघाटमा दुई, ऋषिङमा र म्याग्देमा १ सक्रिय सङ्क्रमित रहेका छन् । सबै सङ्क्रमित होम आइशोलेसनमा रहेका छन् ।

शुक्लागण्डकीमा रहेको जिपि कोइराला स्वासप्रश्वास उपचार केन्द्रमा रहेको आइशोलेसन खाली रहेको छ । दमौली अस्पतालको मातहतमा रहेको आइशोलेसन पनि खाली रहेको छ । छिमेकी जिल्ला कास्की, चितवनमा कोरोनाको प्रभाव बढिरहेको बेलामा पनि ती जिल्लाहरूकै बिचमा पर्ने तनहँुमा भने अहिलेसम्मको अवस्थामा अन्य जिल्लाको तुलनामा सामान्य रहेपनि कोरोनाको जोखिम उच्च रहेको छ । गण्डकी प्रदेशको प्रवेशको नाकामा रहेको तनहँु जिल्ला सिधा सवारी आवतजावत हुने कास्की जिल्ला प्रदेशकै हटस्पट बनेको छ ।

तनहँु जिल्लामा गरिएका सावधानी र सतर्कताका कारण अहिलेसम्मको अवस्थामा कोरोना सङ्क्रमणको ग्राफ बढ्दै गएको स्वास्थ्य कार्यालय तनहँुका प्रमुख शंखरबाबु अधिकारीले बताए । अब जिल्लावासीले सुरक्षा र सतर्कताका सबै मापदण्डहरू पालना गर्न चुक्न नहुने र जिल्ला आउजाउ गर्ने सवारीदेखि पैदल मार्गीमा पनि ख्याल गर्नुपर्ने उनले बताए । ‘अब हामी जिल्लावासीले सुरक्षा र सतर्कताका सबै मापदण्डहरू पालना गर्न चुक्नु हुँदैन । जिल्ला आउजाउ गर्ने सवारीदेखि ख्याल गर्नुपर्छ। दिन दिनै संक्रमितको संख्या बढेको छ ।’ उनले भने, ‘ अन्य जिल्लाको तुलनामा कोरोनाको महामारी कम रहेपनि उच्च रुपमा सतर्कता अपनाउनु पर्छ ।’

एक हजार पाँच सय २४ सङ्क्रमित मध्ये एक हजार चार सय ४९ जना सङ्क्रमित उपचार पश्चात निको भई घर फर्किएका छन् । हाल सम्म जिल्लामा २६ जना कोरोना संक्रमितको ज्यान गएको छ । अबका लागि थप सुरक्षा सतर्कता बढाउनु पर्ने डिसिसिएमसीको योजना रहेको प्रमुख जिल्ला अधिकारी सागर आर्चायले बताए । उनका अनुसार जिल्ला प्रवेश गर्ने मुख्य नाका आँबुखैरेनीमा हेल्पडेक्स स्थापना गरिएको छ । उनले भने, ‘प्रदेश प्रवेशको मुख्य नाकमा हेल्प डेक्स स्थापना गरिएको छ । जिल्लामा प्रवेश गर्नेको तथ्याङक त्यहाँ संकलन गरिने छ ।’ उनले अघि भने,‘विदेशबाट आएका तनहँुका नागरिकको स्वास्थ्य चेकजाँच गरि उनिहरुको तथ्याङक संकलन गरि सम्बन्धी पालिकालाई जानकारी गराईन्छ ।’ त्यस्तै प्रशासन १० वटै पालिकालाई तत्कालको लागि सबै परिक्षा स्थगित गर्न निर्देशन दिएको उनले बताए ।

Show More

Related Articles

Back to top button