समाचारशिक्षाव्यासAll

अध्यादेश फिर्ता लिन नेवि संघको माग

दमौली खबर सम्बंददाता
पुस १ दमौली । सरकारले मंगलबार जारी गरेको अध्यादेशको फिर्ता लिन माग गदै नेपाल विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस ईकाइले विरोध प्रर्दशन गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद ऐन संशोधन सम्बन्धी अध्यादेश जारी गरेकी हुन् । त्यसपछि सत्ता र विपक्षबाट त्यसको विरोध भइरहेको छ । अध्यादेश अनुसार संवैधानिक परिषदमा विपक्षी दलका नेता तथा सभामुखको उपस्थिति बिनै पनि संवैधानिक निकायमा महत्वपूर्ण नियुक्तिका लागि सिफारिस गर्न सक्ने अधिकार प्राप्त भएको छ । जारी भएको अध्यादेश संविधानको भावना विपरित रहेको भन्दै फिर्ता लिन माग गदै नेविसले विरोध प्रर्दशन गरेको ईकाइका अध्यक्ष सुर्दशन पोख्ररेलले जानकारी दिए ।उनले भने,‘ यो अध्यादेश कुनै रुपमा मान्य हुने छैन । यो अध्यादेश फिर्ता नलिए थप आन्दोलनमा उत्रने छौ ।’ विरोध प्रदर्शनमा बोल्दै नेविसका पूर्व महामन्त्री आन्दन त्रिपाठीले संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्ष दल र सभामुखको उपस्थिति बिना संवैधानिक परिषदबाट निर्णय गराउनु खोज्नु उपयुक्त नरहेको बताए । नेपाली काँगे्रस जिल्ला सदस्य एवंम् विद्यार्थी विभाग प्रमुख मोहन गिरीले संविधान माथि ठाडो प्रहार रहेको भन्दै तत्काल अध्यादेश खारेज गर्न माग गरेका छन् । नेविसं जिल्ला अध्यक्ष चुडामणी खनालले अध्यादेश जारी गर्ने क्रममा संवैधानिक नैतिकताको उल्लंघन गरी संविधान माथि जालसाजी गर्ने काम भएको बताए ।

Show More

Related Articles

Back to top button