समाचार
३८ करोड ७ लाख विद्युत महशुस सङ्कलन
दमौली खबर संवाददाता
दमौली, वैशाख ९ गते
नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले आठ महिनाको अवधिमा ३८ करोड ७ लाख ४५ हजार ६५० महसुल शुल्क संकलन गरेको छ ।
चालु आर्थिक बर्षको साउनदेखि फागुनसम्मको अवधिमा उक्त रकम संकलन गरेको हो । कार्यालय मातहत रहेका डुम्रे,आँबुखैरेनी प्रशाखा र थर्पु,दुईपिप्ले दुई नोलाइट संकलन केन्द्रबाट गरी उक्त रकम संकलन भएको कार्यालयका लेखापाल रमेशबहादुर बिकले जानकारी दिनुभयो ।
बर्षेनी संकलन गर्ने विद्युत महसुल शुल्कमा खासै धेरै उतरचढाव नहुने गरेको सो कार्यालयले जनाएको छ । तनहुँमा हालसम्म ५२ हजार बढी विद्युतका ग्राहक रहेको केन्द्र प्रमुख इन्जिनियर बिजयराज रेग्मीले जानकारी दिनुभयो ।


