समाचार

लागुऔषध सहित पक्राउ

पूथ्वीराजमार्ग अन्तर्गत जिल्लाको व्यास नगरपालिका वडा नं १२ लागुऔषध सहित एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा भानु नगरपालिका ६ ढुङ्गागाडेका ३१ वर्षीय पूर्णबहादुर दमै रहेको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ । पछाडी बोकेको झोला भित्र प्लाष्टिकले पोका पारी लुकाई छिपाई शंकास्पद तरिकाले राजमार्ग छेउमा उभिएका दमैलाई प्रहरीले खोजतलास गर्दा लागुऔषध फेला पारेको हो । निजको झोलाबाट दुई एमएलको तरल पर्दाथ सहितको डाइजेपाम,नुफिम र फेनरागन ३९÷३९ थान गरि कुल एक सय १७ थान लागुऔषध बरामद गरेको छ । दमै विरुद्ध जिल्ला अदालत तनहँुबाट लागुऔषध मुद्दा शीर्षकमा दर्ता गरी प्रहरीले अनुसन्धान गरेको छ ।

Show More

Related Articles

Back to top button