हेडलाईनसमाचारAllमनोरन्जन

सस्कृति संरक्षण गर्न शिव पाञ्चायन माध्यामिक विद्यालयद्धारा देउसी भैले कार्यक्रम सञ्चालन

दमौली खबर संवाददाता
दमौली, कात्तिक ६ ।
व्यास नगरपालिका–३ देउराली नगर स्थित शिवपाञ्चायन माविले आईतबार देउसी भैलो तथा तिहारको शुभकामाना कार्यक्रम गरेको  छ ।
मौलिक सस्कृतिको संरक्षण र शैक्षिक सामग्री खरीद तथा व्यवस्थापन गर्ने उद्धेश्यले देउसी भैलो कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रमको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गर्नुभयो । सो अवसरमा वाग्ले सस्कृति संरक्षणमा विद्यालयले ठुलो टेवा दिन सक्ने र यस्ता कार्यक्रममा सस्कृतिको एक पुस्ताबाट हस्तान्तरण गर्न मद्धत पुग्ने बताउनुभयो ।  व्यास नगरपालिकाका नगर प्रमुख वैकुष्ठ न्यौपानले सस्कृतिले देशको पहिचान दिने हुँदा संरक्षण सम्बद्धनको लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । विभिन्न संघ संस्थाले समेत सामाजिक उदेश्य लिएर आर्थिक संकलन गर्ने उदेश्यल लिएर देउसी भैलो खेलेका छन् । यतिबेला देशभित्र मात्रै नभएर विदेशमा समेत देउसी भैलो खेल्ने क्रम बढेको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुभक्त न्यौपानेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष बाबुराम बगाले, प्रधानाध्यापक बलराम वाग्ले लगायतले तिहारको मौलिक सस्कृति संरक्षणको लागि सबैजनाले चासो दिएर लाग्नु पर्नेमा जोड दिनु भएको थियो । सो अवसरमा शिक्षकद्धय टिकाराम दाहाल र विवेक भट्टराईलाई विधाई र बन्धुराम पौडेल र रिता थापालाई स्वागत गरिएको थियो ।
परम्परागत कला र संस्कृतिको संरक्षण सँगै सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउने, अक्षयकोष बनाउने, धार्मिक स्थलको प्रचारप्रसार गर्ने, सामुदायिक भवन निर्माण गर्ने लगायतका उद्देश्य राखेर देउसी भैलोको आयोजना गरिएको हो।
परम्परागत देखि आधुनिक कला संस्कृतीलाई समावेश गरेर देउसी भैलो खेलीयो।
Show More

Related Articles

Back to top button