समाचारबन्दीपुर

बन्दिपूरमा बाह्य पर्यटकलाई रोक

दमौली खबर संवाददाता

जिल्लाको पहाडकी रानाी भनेर चिनिने बन्दिपूरको मुख्य बजारमा बाह्य पर्यटकलाई प्रवेशमा रोक लगाईएको छ । कोरोनाको जोखिम बढ्दै गएपछि गाँउपालिकाले जिल्ला भन्दा बाहिरी ठाँउबाट आउने आगन्तुक पर्यटकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । गाँउपालिकाको उपाध्यक्ष करुणा गुरुङको अध्यक्षतामा बसेको बैठकले घुम्म आउने पर्यटकलाई शुक्रबारबाट मुख्य बजारको प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । उनले भनिन्,‘अहिले गाँउपालिका भित्र कसैलाई पनि कोरोना देखिएको छैन । कोरोनाको दोस्रो लहरको जोखिम न्युनिकरणको लागि यो निर्णय गरिएको हो । ’उनले अघि थपिन्,‘बन्दिपूर बजार प्रवेशमा परिचय पत्र हेरेर मात्रै प्रवेशको व्यवस्था मिलाईन्छ, जिल्लाभित्रकै बासिन्दाहरुलाई प्रवेश हुन्छ, बाहिरी जिल्लाबाट आएकालाई त्यहीबाट फर्काउँछौं ।’

यस कार्यका लागि सहयोग गर्न यातायात व्यवसायी,उद्योग वाण्ज्यि संघ,पर्यटन विकास समिति,टोल विकास संस्था,वडा स्तरीय विपत् व्यवस्थापन समिति लगायतलाई आग्रह गरिएको छ । बसपार्क नजिककै स्वास्थ्य सहायता कक्षा गाँउपालिकाले शुक्रबार स्थापना गर्ने निर्णय समेत गरेको छ । बैठकले विदेश तथा अन्य प्रदेशबाट आउने बन्दीपूरवासीलाई भने अनिर्वाय रुपमा १० दिन क्वारेन्टिमा राख्ने निर्णय गरेको छ । त्यसको व्यवस्थापन सम्बन्धीत वडा तथा टोल विकास संस्थाले गर्नेछ ।

Show More

Related Articles

Back to top button