संघ, प्रदेश तथा स्थानीय तीन तहकै सरकारको आम्दानी घटेको छ । आम्दानी घटेकाले विकास निर्माणको काममा विनियोजित बजेटले पनि पुरा रकम मुस्किल भईरहेको छ । व्यास नगरपालिकाले गरेको अन्तरक्रियामा फजुल खर्च खटाउने पर्ने सुझाव सरोकारवाले दिएका छन् । नगरपालिकाले शुक्रबार दमौलीमा गरेको आर्थिक वर्ष २०८०÷०८१ को बजेट तर्जुमा एवम् आन्तरिक आम्दानीको सम्बन्धमा गरिएको उद्योग, वाणिज्य, उपभोक्ता मञ्च तथा सरोकारवाला निकायसँग शुक्रबार गरिएको अन्तरक्रिया कार्यक्रममा सो धारणा आउनु उपयुक्त छ । व्यास नगरपालिको आम्दानी घट्दा यसको असर विकास निर्माणका काममा देखिएको बताएपछि सो धारणा राखेका हुन् । यस्तो समस्या आज देशैभरीको पालिकामा छ । व्यास नगरपालिकामा वर्षको तुलनामा यसवर्ष राजस्व सङकलनमा कमी आएपछि यसको असर विकास निर्माणमा देखिएको छ । आन्तरिक राजस्वमा आएको कमी र सरकारले दिने अनुदान समेत घटेकाले विकास निर्माणका काम प्रभावित हुनु स्वभाविमक हो । देशमा भएको आर्थिक मन्दीले विकास निर्माणको काम कम हुँदा ढुङ्गा, गिटी, बालुवा बिक्री नहुन तथा घाटको ठेक्का नलाग्नु, घरजग्गाको कारोबार कम हुँदा मालपोतबाट प्राप्त हुने राजस्व घट्नु जस्ता कारणले गर्दा आम्दानी प्रभावित भएको देखिएको छ । फजुल खर्च घटाउने अनुत्पादक क्षेत्रमा बजेट विनियोजन नगर्न उपयुक्त देखिन्छ । व्यास नगरपालिकामा चालु आर्थिक वर्षको वैशाख सम्ममा २२ लाख ६० हजार आम्दानी हुने अपेक्षा गरिएकोमा ११ लाख ८५ हजार ८८६ रुपियाँ मात्रै राजस्व सङ्कलन भएको छ यो चिन्ताको विषय हो । यस्तो अवस्था अनावश्य खर्च घटाउने कदम चाल्नु पर्दछ ।
Related Articles
तनहुँ प्रहरीद्धारा लागू औषध गाँजा सहित पर्वतका दुई युवक पक्राउ
February 23, 2023
Check Also
Close
-
मुद्धाको सुनुवाईलाई आलेटाले नगरौं
December 30, 2022


