समाचारAll

एमाले तनहुँलाई ठुलो धक्का

दमौली खबर संवाददाता
प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा तनहुँ एमालेलाई धेरै धक्का लागेको छ । यस अघिको निर्वाचनमा प्रतिनिधी सभा दुइ वटैमा र प्रदेशमा दुई गरी चार सिट जितेकोमा यस पटक प्रदेशको एक सिटमा चित्त बुझाउनु पर्ने भएको छ । साथै एमाले छाडेर नेकपा एकिकृत समाजवादी रोज्नु भएका कृष्णकुमार श्रेष्ठ किसानले बाराबाट चुनाव जितेकोले पनि एमाले तनहुँमा धेरै कमजोर बनेको राजनीतिक विश्लेषक बताउँछन् ।  २०७४ को निर्वाचनमा पूर्वगृह मन्त्री गोविन्दराज जोशीको साथमा तनहुँमा १ मा जितेका श्रेष्ठले पार्टी छाडे पनि पुनः सांसद बने पछि एमालेमा पेसर बढेको छ । जोशी समुहसँग सहकार्य नगर्दा एमालेले  नोक्सान व्यहोर्नु परेको एमालेका जिल्ला स्तरका एक नेताले बताउनुभयो  । जोशी समुहको भोट जोड्दा एमालेका प्रदेश उम्मेदवारहरुको जीत सुनिश्चित हुने थियो प्रदेश यसै हार्ने अवस्था थियो त्यसमा ध्यान नदिँदा ठुलो नोक्सान व्यहोर्नु प¥यो । भोट थोरै छ भन्ने जान्दाजान्दै  किरण गुरुङ, केदार सिग्देलले हार व्यहोर्दा बल्ल एमालेको घैंटोमा घाम लागेको देखिन्छ । केन्द्रमा अह्मवादी र जिल्ला अवसरवादी चरित्रले एमालेलाई असर परेको राजनीतिक विष्लेषक बताउँछन् ।
Show More

Related Articles

Back to top button