तनहुँको भानु नगरपालिका–५ पुरनडिही, सेपाबगैचा स्थित पुरनडिही अस्पताल आफै विरामी हुँदा विरामी मर्कामा परेका छन् । चिकित्सक र स्वास्थ्यकर्मीको अभावले विरामी अस्पतालमा पुगेपनि सेवा पाउन कठिन भएको छ । अस्पतालको एम्बुलेन्स समेत विग्रिएको बर्षौ भईसक्दा पनि मर्मत सम्भार हुन सकेको छैन । अस्पताल आफै विरामी भएर स्थानीय वासिन्दा उपचारको लागि निजी मेडिकल हल तथा अस्पतालमा धाउनु पर्ने बाध्यता भएको छ । अस्पतालले सेवा दिन नसकेपछि अस्पताल निर्माणको लागि जग्गा दान दिने वडा नम्बर ५ सेपाबगैचा निवासी ११४ वर्षिय गोपीमाया पोख्रेलले उपचार नपाएर निजी अस्पतालमा भर्ना भएर उपचार गर्नु भएको थियो । गोपीमायाले अस्पतालको लागि निशुल्क जग्गा दान दिनु भएको थियो तर त्यही अस्तपालबाट उपचार नपाए पछि मङ्गलबार तनहुँको सदरमुकाम दमौली स्थित रत्नहरी अस्पतालमा भर्ना गराएर उपचार गर्नुपर्ने बाध्यता हुनु लाजमर्दो कुरा हो । गोपीमायाले स्थानीय पुरनडिही स्थित नगर स्तरीय पुरडिही अस्पताललाई बढेसकालमा आफ्नो उपचार गर्न सहज होस् र गाउँबासीलाई उपचारको लागि टाढा धाउन नपरोस् भन्ने चाहाना राखेर अस्पताललाई जग्गा दान दिनु भएको थियो । सरकारी कार्यालय खुल्ने समय १० देखि ५ बजे सम्म मात्रै सेवा दिने र एक्सरे मेसिनले पनि काम नगर्ने भएकोले बाध्य भएर निजी अस्पतालमा उपचारको लागि ल्याउनु दुःखको कुरा हो । उक्त अस्पतालले सार्वजानिक विदा र कार्यालय समय बाहेक अन्य समयमा सेवा बन्द गरेको छ । अस्तालजस्तो संवेदनशिल क्षेत्रमा अकस्मित(इमरजेन्सी) सेवा नपाएपछि स्थानीय वासिन्दा आक्रोशित हुने अवस्था आएको छ । विरामीले उपचार नै नपाई फिर्ता जानु पर्ने अवस्था आएपछि विपन्न समुदायका नागरिक महङ्गो शुल्कमा निजी क्लिनिक तथा अस्पतालमा भर्ना गर्नु राम्रो कुरा हैन । स्थानीय सरकारले जनशक्ति थप गर्ने व्यवस्था गर्नुपर्दछ । संघ वा प्रदेश सरकारले सहयोग नगरेमा पनि पालिका आफैले सेवा सहज बनाउन आवश्यक चिकित्सक तथा कर्मचारी थाप गर्नुको विकल्प छैन । किनकी स्वास्थ्य मानिसको लागि सबै भन्दा ठुलो कुरा हो ।
Related Articles
प्राविधिक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन पहल
January 30, 2023
रेडक्रस तनहुँको सकरात्मक कार्य
May 10, 2023
Check Also
Close
-
रोट¥याक्टको दोस्रो पिएस मिट र पेट्स सेट्स दमौलीमा सम्पन्न
March 27, 2023
