साहित्य

नारी

कविता

– चिनु पोख्रेल
नारीको मन त्यो सेफद रसिलो सौन्दर्यले शोभित
नारीको रुप हुन्छ शान्त हँसिलो बन्छन् सबै मोहित ।
मायाले सपना सजाइ मनले वात्सल्य त्यो पोख्दछिन्
झेल्दै कष्ट सयौं उदार दिलले बाधा सबै रोक्दछिन् ।।

नारीको मन दुख्छ चोट सहदा आँखा बगे बर्बरी
के गर्छौ मनुवा विभेद जगमा देवी उनै हुन् चरी ।
बन्ला त्यो घर नै विचित्र रसिलो नारी पुजे ईश्वर
नारी नै नभए बिना घरमुली के जिन्दगी हुन्छ र ।।

नारीको अपमानले हरघडी सन्त्राश निम्त्याउछ
के गर्छौ पशुतुल्य भै अधम भै माया कहाँ पाउछ ।
रोकेरै अघि बढ्न भन्छ मनले हिंसा बलात्कार त्यो
नारीमा पनि चाहना सुमनको सौन्दर्य सत्कारको ।।

नारीको हक निम्ति नै बढिरहे संस्कार भो बाधक
जागौं है अब ता समान दुनियाँ खोजेर आफ्नो हक ।
नारीले अब भन्दछिन् पुरुषको धम्की सुनी रुन्न है
सम्झी मानवता अठोट गर है रोई बसे हुन्न है ।।

Show More

Related Articles

Back to top button