समाचारकोरोनाभाइरसस्वास्थ्य

दोस्रो मात्राको कोभिड खोप लगाउन सुरु

दमौली खबर संवाददाता

कोभिड विरुद्धको दोस्रो मात्राको खोप अभियान मंगलबार देखि सुरु भएको छ । गत माघ १४ देखि २४ तथा फागनु २ देखि १० गतेसम्म खोप लगाएका अति आवश्यक सेवाका कर्मचारी, पत्रकार,वृद्धवृद्धा, जनप्रतिनिधि तथा सफाई कर्मचारीहरुलाई दोस्रो मात्राको खोप लगाउनक स्वास्थ्य कार्यालय तनहँुले मंगलबार र बुधबार खोप लगाउने व्यवस्था मिलाएको छ । दोस्रो पटको खोप अभियानका लागि व्यास नगरपालिकास्थित दमौली अस्पताल, स्वास्थ्य कार्यालय भवन, कैदी बन्दी, वृद्धवृद्धाका लागि सम्बन्धित स्थानमा, भानु नगरपालिकास्थित पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र, भानु स्वास्थ्य चौकी, शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, खैरेनीटार स्वास्थ्य चौकी, भीमाद नगरपालिकास्थित भीमाद प्राथमिक स्वास्थ्य केन्द्र, बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पताल र डुम्रे आधारभूत स्वास्थ्य केन्द्रमा खोप अभियान सञ्चालन गरिएको छ ।

घिरिङ गाउँपालिकास्थित घिरिङ स्वास्थ्य चौकी र साभुङ स्वास्थ्य चौकी, ऋषिङ गाउँपालिकास्थित भिरकोट स्वास्थ्य चौकी र कोटदरवार स्वास्थ्य चौकी, देवघाट गाउँपालिकास्थित धर्मास्थल अस्पताल, आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी स्वास्थ्य चौकी, कृष्ण मन्दिर वृद्धाश्रम र म्याग्दे गाउँपालिकास्थित थर्पु स्वास्थ्य चौकी र जामुने स्वास्थ्य चौकीमा खोप अभियान सञ्चालन भएको छ ।

Show More

Related Articles

Back to top button